सनराइज बैंक राजविराज शाखाका फरार कर्मचारी अझै पक्राउ परेन

२०७८ मंसिर ७, मंगलवार १५:५२


शुभ नारायण यादव

सप्तरी ,मंसिर ७ गते । सनराइज बैंक शाखा राजविराजका एक जना कर्मचारी विरुद्ध पक्राउ पुर्जी जारी भएको एक महिना भइसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् ।
बैंकिङ्ग कसूर अन्तर्गत बैंकका वरिष्ठ सहायक चन्दन सिंह विरुद्ध गत कार्तिक ७ गते नै पक्राउ पुर्जी जारी हो । उहाँको खोजी कार्य भरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनु भयो ।
‘बैंकिङ्ग कसूर अन्तर्गत सिंह विरुद्ध गत कार्तिक ७ गते सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो’ उहाँले पुर्जीसँगै उनी फरार छन्, पक्राउ गर्ने हाम्रो प्रयास जारी छ ।’
श्रोतका अनुसार वरिष्ठ सहायक सिंहमाथि सनराइज बैंक राजविराजबाट सरकारी कार्यालय र सर्वसाधारणको लाखौं रकम हिनामिना गरेको आरोप छ ।



ताजा खबर