सप्तरीमा घाँटी रेटि एक बृद्धकाे हत्या

२०७८ मंसिर ८, बुधबार १५:४३

शुभ नारायण यादव

सप्तरी,मंसिर ८ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ खुदिबखारी टाेलमा एक बृद्धकाे घाँटी रेटेर हत्या गरेकाे छ । अंदाजी ८० वर्षीय मिश्रिलाल मण्डललाई घाँटी रेटेर हत्या गरेकाे इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । सप्तरीको छिन्नमस्ता गाउपालिका स्थित सडक खण्डको झाैखराही नामक फुलबारीमा बृद्ध मण्डलकाे घाँटी रेटि हत्या गरिएको अवस्थामा शव फेला परेकाे प्रहरीले जनाएको छ । मण्डल आज बिहान घरमा खाना खाएर करिब १० बजे ने काम विशेषले सखडा तिर निस्केको स्थानीयबासिहरुले बताएका छन । साेहि क्रममा मण्डलकाे कसेले ब्यक्तिगत रिसिभिका कारणले हत्या गरेकाे हुन सकिने परिवारजनकाे अाराेप रहेकाे छ । यसेबिच मृतकका परिवारजनले साे घटनाकाे वास्तविक छानविन गरि दाेषिमाथि आवश्यक कार्वाही गर्नुपर्ने जाेडदार माग गरेका छन । यता साे घटनाको सम्बन्धमा अावश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । यता मृतक बृद्धकाे शव हाल पाेष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा राखिएको छ ।



ताजा खबर