पर्सामा लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान २०२१ सुरु

२०७८ मंसिर १०, शुक्रबार ०५:२१


पर्सा,मंसिर १० गते । लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान २०२१ आजबाट सुरु भएको छ । महिला माथि हुने हिंसा अन्त्य गर्नको लागि सुरु भएको यस अभियानलाई हरेक वर्ष २५ नोभेम्वर देखी १० डिसेम्वर सम्म १६ दिनसम्म विभिन्न क्रियाकलापहरु संचालन गरि मनाउने गरिएको छ । यसै अवशरमा वीरगंज महानगरपालीका तथा पर्सा जिल्लामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुसंगको समन्वय तथा सहकार्यमा आ २५ नोभेम्वरको दिनमा लैंगिक हिंसा विरुद्ध र्याली तथा दिव्य यूवा क्लव र भि.एस. ओ. नेपालको साझेदारीमा संचालनमा रहेको ENGAGE परियोजना अन्तरगतका सामुदायिक स्वयम्सेवक किशोरीहरुले बाल विवाहले घर परिवार तथा किशोरी माथि पर्ने असरहरु सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । कार्यक्रममा वीरगञ्ज महानगरपालिका का उप प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सामुदायिक प्रहरी, GNOCC, माईती नेपाल, आफन्त नेपाल, तथा अन्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यस्तै अब १६ दिन सम्म महिला तथा किशोरी माथि हुने हिंसा अन्त्यका लागि विभिन्न प्रकारका कार्यक्रम हरु संचालन गरिने छ ।



ताजा खबर