एमआइएस अपरेटर तथ फिल्ड सहायकहरुको प्रदेश सम्मेलन सम्पन्न

२०७८ मंसिर १२, आईतवार ०७:४४

धनुषा,मंसिर १२ गते । स्थानीय तलहको पञ्जिकरण, व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा व्यवस्थित गर्न खटिएका एमआइएस अपरेटर तथ फिल्ड सहायकहरुको प्रदेश २ स्तरिय सम्मेलन शनिवार जनकपुरमा सम्पन्न भएको छ । सम्मेलनले सुनिल कुमार सिंह (धनुषा) को अध्यक्षतामा १७ सदसिय प्रदेश समिति चयन गरेको छ ।
सम्मेलनले उपाध्यक्षमा अरबिन्द कुमार महत्तो (सिरहा), अनिल कुमार यादव (सप्तरी), राजिव यादव (बारा), कोषाध्यक्षमा विकास कुमार गुप्ता (महोत्तरी), महासचिवमा जितेन्द्र यादव (पर्सा), सचिवमा विक्की बाबु प्रसाद जयसवाल (रौत्तहट), सदस्यमा भुपेन्द्र कुमार यादव (सप्तरी), गोपाल कुमार साह (रौत्तहट), आशिष कुमार साह (धनुषा), श्रीनिवास चौधरी (बारा), सुनिल कुमार यादव (सिरहा), रिंङ्कु यादव (महोत्तरी), शिवानी सिंह (रौत्तहट), शिव कुमार महत्तो (पर्सा) लाई सर्वसम्मत चैन गरेका छन् ।
सोही सम्मेलनले केन्द्रिय संयोजकमा शुसिल कुमार यादव (धनुषा) लाई चयन गरेको छ । जसको सदस्य उज्वल विश्वकर्मा (सिरहा), सुरज गिरि (बारा), जलेन्द्र पटेल (रौत्तहट), प्रविण कुमरा शर्मा (महोत्तरी), सरोज कुमार चौलागाई (सर्लाही), रविन्द्र कुमार साह (सप्तरी), मनोज कुमार राउत (पर्सा), चियन भएका छन् ।



ताजा खबर