राजविराज जेसिजको सप्ताहिक कार्यक्रम शुरु

२०७८ मंसिर १५, बुधबार ०५:४२


सप्तरी,मंसिर १५ गते ।
राजबिराज जेसिसको साप्ताहिक कार्यक्रम सुरु राजबिराज जेसिसको आयोजनामा राजबिराज जेसिस सप्ताह अन्तर्गत आज पहिलो दिन जेसिस परिसरको सरसफाइ र बृक्षारोपन गरि सुरु गरिएको छ । राजबिराज जेसिस बर्ष २०२१ का अध्यक्ष जेसि सिद्धार्थ तातेड को अध्यक्षता तथा निवर्तमान अध्यक्ष नानिमैया कटवाल लगायत सम्पुर्ण जेसिस सदस्यहरुको उपस्थितिमा जेसिस सप्ताह सुरु भएको हो । साप्ताहिक कार्यक्रमको दोस्रो दिन नगर भित्रका फोहोर प्लाष्टिकको बोतल संकलन, तेस्रो दिन पाठ्यपुस्तक सामाग्री बितरण, चौथो दिन गजेन्द्र चोकमा सेनेटरी प्याड बितरण, पाँचौ दिन जेसिस भवनमा योगा शिबिर संचालन, छैठो दिन महेन्द्र बिन्देश्वरी क्याम्पसमा जेसिस जनचेतना, सातौ दिन अन्तर बिधालय बादविबाद प्रतियोगिता हुने साप्ताहिक कार्यक्रमका मुल संयोजक रवी रायले जानकारी दिनुभयो ।



ताजा खबर

error: Content is protected !!