राजिव शाह
सर्लाही ,मंसिर १७ गते । अन्तराष्ट्रिय अपाङ्गता दिवस सर्लाहीमा सदरमुकाम मलंगवामा पनि विभिन्न कार्यक्रमहरु गरि दिवस मनाइएको छ।
‘हाम्रो प्राथमिकताको आधार,अपाङ्गता भएका ब्यक्तिको अधिकार’ भन्ने नाराका साथ मलंगवा स्थित जिल्ला समन्वय समितिको हलमा नेपाल अपाङ्गता संघ गम्हरियाको आयोजनामा ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ।संघका अध्यक्ष बिरेन्द्र रायको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यतामा एक समारोहको आयोजना गरि दिवस मनाइएको हो । दिवसको अवसरमा नेपाल अपाङ्गता संघ गम्हरियाले जिल्लामा अपाङ्गताको क्षेत्रमा काम गर्ने विशिष्ट व्यक्ति,जेष्ठ अपंगता व्यक्ति तथा पत्रकारहरुलाई समेत मधेशको प्रतीक गम्छा ओढाएर सम्मान गरेका छन् ।
अपाङ्गता भएका ब्यक्तिलाई हेर्ने दृष्टिकोण अन्य व्यक्तिलाई हेर्ने भन्दा केही फरक रहेकोले यसलाई तत्काल परिवर्तन गर्न जरुरी रहेको प्रमुख अतिथि मेथुर चौधरीको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा अधिकारमुखी दृष्टिकोणबाट हेर्दै समन्वयका लागि आफु सक्दो सहयोग गर्ने प्रमुख चौधरीले प्रतिबद्धता व्यक्त गर्नुभयो । दिवसका लागि मलंगवा नगरपालिका प्रमुख , प्रजिअ, जनप्रतिनिधिलाई बोलाउदा समेत अपंगताको कार्यक्रममा आउन नचाहेको आयोजक अध्यक्ष रायले गुनासो गरे । साथै उहाँले अपंगता एक जुट भएर अगाडि आउन सके मात्र अधिकार प्राप्त हुने जिकिर समेत गरे । अपंगताहरु एक जुट नहुदा समाजमा अहिले पनि अपंगता व्यक्ति विभिन्न समस्या दोहोरिन गरेको सहभागी वक्ताहरुले बताएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि युएनएफपिएका बच्चेलाल महतो, ग्रामीण नारी उत्थान संघ हरिपुरका सूर्य चालिसे,गहरिया माबिका बिशेष स्रोत शिक्षक सदरे आलम मिकरानी , प्रेरणा संस्थाका लगायतले व्यक्तिहरिले शुभकामना मन्तव्य राखेका थिए । आयोजक सदस्य रामईश्वर रायले संचालन गरेको कार्यक्रममा विजय कुमार रायले स्वागत मन्तव्य दिएका थिए ।
३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवस सर्लाहीमा पनि मनाइयो
२०७८ मंसिर १७, शुक्रबार १७:५४
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer