राजिव शाह
सर्लाही,मंसिर १८ गते । अपाङ्गता समावेशी विकास केन्द्र नेपाल चन्द्रनगर गाउँपालिकाले ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस २०७८ “हाम्रो प्राथमिकताको आधार, अपाङगता भएका व्यक्तिको अधिकार” मुल नाराको साथ दिवस मनाइएको छ ।
चन्द्रनगर गाउँपालिकामा काम गर्ने अपाङ्गता समावेशी विकास केन्द्र नेपाल ( अपाङ्गता संजाल ) ले ग्रामीण नारी उत्पादन हरीपुर र रास्ट्रीय रोजगार प्रवर्द्धन केन्द्र नेपाल , सहकार्यमा चन्द्रनगर गाउँपालिकाको प्राङ्गणमा अपाङ्गता भएको ब्यक्तिहरुको उपस्तिथि गराइ २५ जना अपङ्गता भएको विद्यार्थीलाई शैक्षिक सामग्री र ३० जना अपाङ्गता भएको ब्यक्तिलाइ सम्मान लगायत अन्तरक्रिया कार्यक्रमको भएको कार्यक्रमको अध्यक्ष शिवनाथ राउतले जानकारी दिएको छ । कार्यक्रमको अध्यक्ष शिवनाथ राउत , प्रमुख अतिथि गाउँपालिका प्रमुख महेन्द्र महतो , विशिस्ट अतिथि उपप्रमुख बिना देवि साह , अतिथि शिक्षा प्रमुख हरिकान्तलाल कर्ण,अतिथि सबै वाडा अध्यक्ष SNV- Nepal को जिल्ला प्रतिनिधि अम्बिका यादव लगायतको उपस्तिथि रहेको थियो ।
अपाङ्गता समावेशी विकास केन्द्र नेपाल चन्द्रनगरले पनि मनाए दिवस
२०७८ मंसिर १८, शनिबार ०२:०८
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer