राजविराज जेसीजद्वारा क्याम्पसमा जेसिज जागरुकता अभियान

२०७८ मंसिर १९, आईतवार १०:४२


शुभ नारायण यादव
सप्तरी,मंसिर १९ गते ।
राजविराज जेसीजले जेसीज सप्ताह २०२१ अन्तर्गत छैठो दिन महेन्द्र बिन्देश्वरी क्याम्पसको हलमा जेसिस जागरुकता अभियान संचालन गरेको छ । राजविराज जेसिजले आयोजना गरिएको सो जागरुकता अभियानमा राजविराज जेसीज वर्ष २०२१ का अध्यक्ष सिद्धार्थ तातेड, कोषाध्यक्ष उज्ज्वल काबरा, कार्यकारी उपाध्यक्षद्वय मनिस दास , उपाध्यक्षद्वय पंकज देव, रवि राय तथा थिम एडिटर सुनित मिश्रा को सहभागिता रहेको थियो भने प्रमुख अतिथिको क्याम्पसका सहायक क्याम्पस प्रमुख सुरेश साह र अतिथिहरु क्रमशः सहायक क्याम्पस प्रमुख ललित यादव, शिक्षाशास्त्र संकाय प्रमुख राम आशिष यादव त्यसैगरि चन्देश्वर यादव, शैलेश झा, उत्तिम राय, सुधानन्द मिश्र, सियाराम माली लगायतको उपस्थिति रहेको थियो । यस्ता कार्यक्रमले युवाहरुमा जेसिज बारे थाहा पाउन, जेसिजले गर्ने काम बारे, सामाजिक परिवर्तनमा युवाको भुमिका र जेसिजमा आबद्ध हुन मद्दत मिल्ने अभिव्यक्ति जेसीज अध्यक्ष सिद्धार्थले राखेका थिए । क्याम्पसका करिब ५० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।



ताजा खबर