सप्तरी,मंसिर २० गते । भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अबैध सामान इलाका प्रहरी कार्यालय बोदे बर्साईनले आइतबार बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख प्रहरी नायब निरीक्षक जय प्रकाश शाहको कमान्डमा खटिएका प्रहरी टोलीले अबैध सामान बरामद गरेको हो।
प्रहरीले रेडिमेट कपडा, साडी, ब्लौजको थान , सामान गरी करिब १ लाख ३४ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ। यता बरामद गरिएको सामान आवश्यक कारवाहीको लागि राजबिराज भन्सार कार्यालय तिलाठीमा बुझाएको प्रहरीले जनाएको छ।
सप्तरी प्रहरीद्वारा अबैध कपडा बरामद
२०७८ मंसिर २०, सोमबार ०४:३८संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer