सन्तोष गुप्ता
सुनसरी,मंसिर २० गते । किरात राई यायोक्खा प्रारिम्भक कार्य समिति वराहक्षेत्र १ र २ को अध्यक्षमा लाल कुमार राई निर्वाचित भएका छन् । आइतवार सम्पन्न चुनावमा भारी मत अन्तरले जित्दै राई तेश्रो पटक समितिको अध्यक्षमा चुनिएका हुन् ।
चतरा स्थित साकेला थानमा समितिको अध्यक्ष,उपाध्यक्ष र सह सचिव पदमा भएको निर्वाचनमा राईले १ सय ३५ मत ल्याएर विजयी भए, उपाध्यक्षमा सौ कुमार राईले १ सय ४२ मत ल्याएर जित हासिल गरे भने शुभधन राईले १ सय ३२ मतले सह सचिव पद जितेका थिए ।
परेको ६ जनाको उम्मेदवारीमा अध्यक्ष तर्फका प्रतिद्वन्दी उम्मेदवार दिनेश खम्बुले १४, उपाध्यक्षका हिमाल राईले ८ र सह सचिवका मनजित राईले १९ मत ल्याएको निर्वाचन अधिकृत संजय राईले बताए । २ सय २३ मतदाता रहेको चुनावमा १ सय ५४ मत खसेको थियो ।
समितिको शनिवार भएको ७ औं अधिवेशन र १८ औं साधारण सभामा, नयां गठन हुने कार्यसमिमिा सहमति बन्न नसक्दा चुनाव गराईएको किरायाको वराहक्षेत्र नगर अध्यक्ष समेत रहेका चुनाव आयुक्त संजयले बताए । १५ सदस्यीय समितिको सचिव,कोषाध्यक्ष र सदस्यहरु सर्वसम्मत भएका थिए ।
साधारण सभामा सचिव सरबन राईले १७ लाख ४२ हजार ५ सय ८० रुपैंयाको आय व्वय प्रस्तुत गरे ।
नव निर्वाचित अध्यक्ष राईले साकेला थानलाई आउ“दो ५० वर्ष सम्म किरात धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न विस्तृत योजना प्रतिवेदन डिपीआर तयार गरिएको बताए । राईले थानमा १५ लाखको लगानीमा माङखिम (मन्दिर) निर्माण र इंटाको पर्खाल लगाउने कार्य भएको भएको बताए ।
साकेला थानलाई वराहक्षेत्र नपाले १० र वराहक्षेत्र वृहत्तर विकास समितिले ५ लाख अनुदान दिएको छ । पटक पटक मौखिक ताकेता गरेको भएपनि पर्खाल निर्माणको हिसाब नदेखाएको भन्दै निर्माण उपभोक्ता समितिलाई लिखित पत्राचार गरिने उनले बताए । प्राविधिक कारणले ढिलो भएको हुदा जुनसुकै समय हिसाब देखाउ“न आफु तयार भएको निर्माण समितिका अध्यक्ष दिनेश खम्बुले बताए ।