सप्तरीका सामुदायिक विघालयहरुमा सरोकारवाला निकायहरुद्वारा अनुगमन

२०७८ मंसिर २१, मंगलवार १०:२१

शुभ नारायण यादव
सप्तरी,मंसिर २१ गते ।
पछिल्लोपटक सप्तरीका सामुदायिक विघालयहरुको अवस्था खस्किदे गएकोले जिल्लाका सरोकारवाला निकायहरुले अनुगमन गरेका छन । जिल्ला शिक्षा समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादव ,शिक्षा समन्वय इकाई सप्तरीका प्रमुख बिजय मण्डल लगायतका टोलिद्वारा सप्तरीका दक्षिणी भेगका सामुदायिक विघालयहरुमा अनुगमन गरेका हुन । जस अन्तरगत सप्तरीको छिन्नमस्ता भुपेन्द्र संस्कृत मा.वि.सखडा, जनता मा.वि. इटहरी बिष्णुपुर,हाटी, राष्ट्रिय अधारभुत बिधालय, मझौह बिष्णुपुर गाउपालिका वडा न. ५ र रा. प्रा. वि. कोचाबखारी लगायतका बिधालयहरुको निरीक्षक÷अनुगमन गरीएको छ । अनुगमनके क्रममा त्यस भेगका सामुदायिक बिधालयहरुमा केही कमि कमजोरी देखियो सो कमि कमजोरीहरुलाइ सुधार गर्ने प्रधानाध्यापकहरुबाट प्रतिबद्धता ब्यक्त गरिएको समन्वय समितिका सभापति प्रभाकर यादव मनोजले जानकारी दिनुभयो । साथै यश अनुगमन तथा निरिक्षण कार्यलाई निरन्तरता दिने तथा सप्तरीका सामुदायिक विघालयहरुमा देखिएको समस्याहरुलाइ समाधान गर्ने बताउनुभयो ।



ताजा खबर