भानु.मा.विबाट विजु राईले जितिन नगरपलिका भरिका १२ मा.वि सहभागि रहेको वत्तित्व कला प्रतियोगिता

२०७८ मंसिर २१, मंगलवार १०:२६


ताप्लेजुङ मंसिर २१ गते । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अनतर्गत फुङलिङ नगरपालिका ताप्लेजुङको आयोजनामा सोमवार सामुदायिक भवन शिटिहलमा नगरपालिका क्षेत्रका १२ माध्यमिक विध्यालय हरुविच वत्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘महिला हिंसा निवारणमा परिवारकोभुमिका ’ विषयमा वत्तित्वकला प्रतियोगिता कार्यक्रममा विभिन्न विध्यालयवाट १२जना छात्र छात्राको सहभागिता रहेको थियोे । जस मध्ये भानु जन मावी कि विजु राईको प्रस्तुति सर्वात्कृष्ट भएको हो । दोस्रो स्थान भने कञ्चनजंघा आवसिय मा वी कि श्रुति थलङले प्रप्त गरेकि थिइन । तेस्रो स्थानमा लिटल वुद्ध मा वी कि सिकुम इंवासामा रहिन् । सान्तवना स्थान युवा वर्ष मा वी कैजले कि छात्रा विष्णु कुमारी तामाङ ले प्राप्त गरिन । कार्यत्रमका प्रथम , दृतिय , तृतिय , र सान्त्वना विध्यार्थीलाइ क्रमस नगद रु ५००० ,४००० , २५०० प्रदान गरिएको थियो । अन्य सहभागी सम्पुर्ण लाई यातायात खर्चकोे रुपमा ५०० रुपैया प्रदान गरिएको फुङलिङ नगरपालिका रोजगार संयोजक सरिता लिङदेनले जानकारी दिनुभयो । नगर प्रमुख छत्रपति प्याकुरेलको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख बम वहादुर भट्टराई (तारा) ले गर्नुभएकोथियो । कार्यक्रममा विशिष्ट अथितिको रुपमा जिल्ला न्यायधिश प्रकाश राउत तथा फुङलिङ नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत तिलोचन रिमाल रहनुभएकोथियो ।प्रतियोगिताको निर्णायक मा शिवाँ मावी का प्रअ ओमनाथ गौतम , नेपाली विषयका शिक्षक तथा पाथीभरा वहुमुखि क्याम्पशका प्राध्यापक दालु सेर्पा र सहायक प्रमुख जिल्ला अधिकारि गायात्रा अधिकारी (खड्का) रहनु भएको थियो ।



ताजा खबर