सप्तरीमा कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी मियाँ पक्राउ

२०७८ मंसिर २३, बिहीबार ०८:२२


शुभ नारायण यादव
सप्तरी ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर — ९ बस्ने ४५ वर्षीय गुल्जार मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको साविक पटेर्वा गाविस — १ बस्ने कैलि खातुनको जाहेरी अनुसार उनका श्रीमान ४८ वर्षीय सहबुद र बुहारी २७ वर्षीय सगिरा खातुनलाई कर्तब्य ज्यान गरि फरार रहेको थियो । ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बिरेन्द्र पासमानको कमाण्डमा खटिएका प्रहरी टोलिले गोप्य सुचनाको अधारमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका— १ महेशवारी मा लुकिछिपी बसिरहेको अवस्थमा गुल्जार मियाँलाई पक्राउ गरेको हो ।
साहबुद र सगिराको शव कल्याणपुर गाविस— ८ बिसनपुर चौक देखि ३०० मि. दक्षिण कुखरा फारम २०७२ जेष्ठ ६ उत्खन्न गर्दा सप्तरी प्रहरीले फेला पारेको थियो । सो घटना संलग्न सप्तरी सारश्वर — ४ बस्ने आलाउद्धिन मियाँ, उनकी श्रीमती बविना खातुन, साविक टिकुलिया गाविस — ७ बस्ने सकिल हुसेन मियाँ, शम्भुनाथ नगरपालिका — २ कनकपी बस्ने नसरुल मियाँ, भारत जिल्ला मधुबनी लौकहा बगमरिया हाल सप्तरी सारश्वर गाविस — ७ घर भई बस्ने मस्तकिम भन्ने रईस मियाँ यस अघि नै प्रकाउ परि सकेको थियो । जसमा सकिललाई इन्टरपोल सहयताले कतार बाट र रईस लाई बिदेश जान लागेको बेलामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । भने गुल्जार मियाँ फरार भएका थिए ।
साथै सप्तरी जिल्ला जन्डौल घर भएकी दुलारी देवी साहको समेत कर्तब्य ज्यान गरि गुल्जार मियाँ फरार रहेका थियो । साबिक जनडौल गाविस—८ स्थित चुरे जगंलको फेद कुलो कल्र्भटमा गाडेको अवस्थामा २०७२ बैशाख २७ गते निज दुलारी देवी साहको मानव कंकाल फेला प्रहरीले पारेको थियो । पक्राउ परेका गुल्जार मियाँलाई आवश्य कार्वाहीका लागि सम्मानि जिल्ला अदालतमा बुझाउने तैयाारी भई रहेको सप्तरी प्रहरुी प्रवक्ता प्रहरी नायव निरीक्षक माधव प्रसाद काफले जनाएको छ ।
सो घटनामा संल्गन भएका मुख्य अभियुतm सप्तरी टिकुलिया घर भएका सकिल हुसेन मियाँलाई अन्र्तराष्ट्रिय प्रहरी संगठन – ( इन्टरपोल ) कतार शाखाले पक्राउ गरि २०७४ फाल्गुन २० मा नेपाल प्रहरीलाई जिम्मा लगाईयो । सकिल सप्तरी देखि सुनसरी सम्मका नौ जनाको शृंखलाबद्ध हत्याको मुख्य योजनाकार एकै ब्यतिm रहेको तथ्य सप्तरी प्रहरीले फेला पारेको थियो ।
सप्तरीका पटेर्वा — १ स्थित बिहुल खोला किनार आरुल मियाँ र पाण्डव पासमानको टाउको र हाथ काटी हत्या गरि गाडिएको सव प्रहरीले बरामद गर्याे । अरुलका दाई कलामुदिनको जाहरी अनुसार प्रहरीले २०६८ मंसिर ४ गते सकिललाई पक्राउ गर्यो । केही दिन थुनुमा बसेका सिकल ०६९जेठ २ मा तारेखमा छुटे ।



ताजा खबर