भोलिबाट मैवाखोला गाउँपालिकामा अध्यक्षकप भलिबल प्रतियोगिता सुरु हुँदै

२०७८ मंसिर २४, शुक्रबार ०५:११


ताप्लेजुङ । भलिवल प्रतियोगिता भोलीदेखि हुने अध्यक्ष कप भलिवल प्रतियोगिताका लागी ताप्लेजुङका आठवटा पालिककाका खेलाडीहरु मैवाखोला गाउपालिकाको केन्द्र साघु पुगेका छन । स्थानिय चिरञ्जीवि चोङवाङका अनुसार फक्ताङलुङ गाउपालिका वाहेक सबैटिमहरु पुगेका हुन । अहिले सबै टिमका प्रतिनिधि र आयोजकबिच बैठक बसिरहेको छ । यो बैठकपछि भोलिको खेल कुन कुन पालिकाबिच हुने टुंगो लाग्ने चोङवाङले वताएका छन ।
अतिथिहरु भोलि दिउसो मात्रै पुग्ने भएकाले खेल विहानैदेखि खेलाउने तयारी आयोजकको छ । विहानैदेखि खेलाएमात्रै २६ गते सकिने भएकाले विहानदेखिको तयारी गरिएको संयोजक दिवस लिम्वुले वताए । प्रतियेगिता नेपाल भलिवल संघको नियमानुसार खेलाइने छ । पहिलो अध्यक्ष कपका बिजेताले ३ लाख र उपविजेताले डेढ लाख रुपैंया नगद पाउने छन । खेलाडीलाई पुरस्कार लगायत आकर्षक ब्यवस्था गरिएको चोङ्वाङले जानकारी दिए ।



ताजा खबर