अजय मिश्र
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा भारतमा बुधबार एउटा सैन्य हेलिकप्टर दुर्घटना हुँदा ‘चिफ अफ डिफेन्स’ विपिन रावत, उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको प्रति कृष्णनगर का युवा द्वारा मोमबत्ती बाली श्रंद्धाजलि अर्पित गरिएको छ ।
भारतमा बुधबार एउटा सैन्य हेलिकप्टर दुर्घटना हुँदा ‘चिफ अफ डिफेन्स’ विपिन रावत, उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको छ । रावत भारतकै पहिलो ‘चिफ अफ डिफेन्स’ हुन् ।भारतीय वायुसेनाका अनुसार एमआई–१७ भी ५ हेलिकप्टर दुर्घटना भएको हो ।
उक्त श्रद्धांजलि व्यक्त गर्दा इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठान, जसपा नेपाल कृष्णनगर नगरपालिका वडा नं ३ कमिटी अध्यक्ष नदिम अरशद इदरिसी , अन्तर्राष्ट्रीय मानवधिकार एसोसिएशनका डिस्ट्रिक्ट उभचकष्कतभलत वृजेश कुमार गुप्ता, नेकपा (माओवादी केन्द्र) कृष्णनगर नगरपालिका वडा नं २ कमिटी अध्यक्ष अजय गोयल (डब्बु), सलमान समर, राजन मौर्य, विनय शर्मा, जीवन श्रीवास्तव, लगायत अन्यको सहभागिता रहेको थियो ।