समाजसेवी इ.यादवद्वारा आमाबुबाको नाममा राहत बाडने अभियान सुरु शुभ नारायण यादव

२०७८ मंसिर २७, सोमबार ०४:४६


सप्तरी । समाजसेवी इ.सुर्य नारायण यादवद्वारा आमाबुबाको नाममा राहत बाडने अभियानलाई निरन्तरता दिएका छन । अहिलेको समयमा आमा बुबालाई बुढेसकाल लागेपछि हेर्ने सायद कमे छोराछोरि होलान तर सप्तरीका एक जना समाजसेवि इन्जिनियर सुर्य नारायण यादवले आफ्नो मोरेको आमा हल्फा देवी यादव र बुबा धर्मि यादवको नाउमा सप्तरी जिल्ला भरि अग्निपिडितलाई बाढि पिडित तथा चिसो पिडितका साथै गरिब असहायलाइ समेत निस्वार्थ भावले राहत वितरण गर्दै आउनु भएको छ । सोहि क्रममा धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा आगलागिबाट आहतलाई राहत वितरण गरेका हुन ।
सप्तरीको राजविराज नगरपालिका वडा न.१५ देउरी भरुवा गाउका अग्निपीडितहरु गुंजन यादव र फुलो देवी यादवलाई राहतस्वरुप त्रिपाल झुल तन्ना धोती साड़ी थाल गिलास कराही डेकची र छोलनी लगायतका सामाग्रीहरु वितरण गरेको संस्थाका अध्यक्ष एवम् समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो । सोहि अवसरमा समाजसेवी इन्जिनियर यादवसगे आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष एवम् संचारकर्मी बृजमान तामांगले संयुक्त रुपमा सो राहत वितरण गरेका छन । गत मंसिर २४ गते आगलागि हुदा अनुमानित १५ लाख भन्दा बढीको क्षति भएको थियो ।
सो राहत वितरणमा आदिवासि जनजाति महासंघ सप्तरीको अध्यक्ष एवम् संचारकर्मी बृजमान तामांग,पारसमणि यादव, श्रवण यादव,महेंद्र यादव,भुने यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियोे ।



ताजा खबर