सप्तरीको उमावि पकरिमा मनपरी ढंगले उपभोक्ता समिति गठन

२०७८ मंसिर २७, सोमबार १०:३५


शुभ नारायण यादव
सप्तरी,मंसिर २७ गते ।
सप्तरीको महादेवा गाउँपालिका १ स्थित २ वटा स्कुलमा भवन निर्माण कार्यको लागि उपभोक्ता समिति मनोमानी ढंगबाट बनाउने गरिएको पाईएको छ ।
महादेवा गाउँपालिका १ स्थित रहेको नरबहादुर थापा जनता मा.वि. पकरीगोठ सोनरा र सोनरा राष्ट्यि प्राथमिक विधालय सोनरामा २ नम्बर प्रदेशको माननीय सामाजिक विकास मन्त्रि नवल किशोर साहको संसदीय विकाश कोषवाट ८० लाखको ४ कोठे भवन उपभोक्ता समितिको सूचना स्थानिय संचार मिडियामा प्रकाशन तथा प्रसारण नगरी गोप्य रुपमै आफनो आफन्त नाता गोता पार्टीका कार्यकर्ता लगायतलाई राखेर बनाउने गरिएको छ ।
सप्तरीको महादेवा गाउँपालिकाको २ वटै विधालयमा ८० लाखको भवन निर्माणको लागी स्थानिय संचार गृहको मिडियाहरुमा कुनै किसिमको सूचना प्रकाशन तथा प्रसारण नगरी गोप्य ढंगबाट उपभोक्ता समिति निर्माण गरिएको स्थानियले बताएको छ ।
महादेवा गाउँपाकिलाका १ स्थित रहेको नरबहादुर थापा जनता मा.वि. पकरीगोठ सोनरा र सोनरा राष्ट्यि प्राथमिक विधालय सोनरामा २ नम्बर प्रदेशको माननीय सामाजिक विकास मन्त्रि साहको संसदीय विकाश कोषवाट पकरी माविमा २ कोठे भवनको लागी ५० लाख र सोनरा राप्राविको लागी ३० लाखको २ कोठे भवन उपभोक्ता समितिमा कार्यकर्ता, आफना नातेदार, आफन्तलाई उपभोक्ता समितिमा राखेको स्थानिय उपभोक्ता विधानन्द यादवले बताए ।
उपभोक्ता समिति गठन प्रकृया लगायत अन्य कुराहरुवारै गाउँपाकिलाकामा कुनै किसिमको जानकारी नरहेको प्रमुख प्रशासकिय अधिकृत रामलखन यादवले सञ्चारकर्मीलाई बताए । यता उपभोक्ता समिति गठन प्रकृया लगायत अन्य कुराहरु त्रुटिपुर्ण रहेकोले सम्बन्धित निकायले यस तर्फ ध्यान पुर्याउनु पर्ने स्थानिय रमेश यादवले सञ्चारकर्मीलाई बताए ।



ताजा खबर