शुभ नारायण यादव
सप्तरी,मंसिर २७ गते । रुपनी गाउँपालिका वडा नम्बर ४ स्थित भथौलमा एक कार्यक्रमकाबीच शिव शनि मन्दिरको शिलान्यास गरिएको छ ।
प्रदेश नम्बर २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । मन्दिर निर्माणका लागि रुपनी गाउँपालिकाले रु ३ लाख बजेट विनियोजन गरेको छ ।
मन्दिरको शिलान्यासपछि स्थानियहरुलाई सम्बोधन गर्दै मन्त्री साहले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको स्थापनाबाट यहाँको विकासले गतिलिने बताएका छन् ।
उनले आजै उद्घाटन हुन लागेको कृषि विश्वविद्यायको स्थापनाबाट यहाँको कृषि क्षेत्रमा आमूल परिवर्तन हुनुका साथै सामाजिक विकासले पनि गति लिने बताए ।
अहिलेको संसार प्रविधि र प्राविधिक बाट चलिरहेको उल्लेख गर्दे उनले परम्परागत खेती अहिले पनि भईरहेको कारण यो क्षेत्रमा समाजिक विकास हुन सकेको बताए । “अहिले न प्रविधि छ न प्राविधिक छ, तर कृषि विश्वविद्यालयको स्थापना पश्चात प्रविधि र प्राविधिक दुवै हुन्छ अनि आधुनिक प्रविधिबाट खेती हुन्छ, त्यसपछि समाजको विकासले गति लिन्छ” मन्त्री साहले भने ।
प्रदेश नम्बर २ मा ८० प्रतिशत नागरिक कृषिमा निर्भर रहेको बताउँदै उनले आफू कृषि मन्त्री हुँदा अथक प्रयास गरेरे कृषि विश्वविद्यालयको अवधाराणा ल्याएको स्पष्ट पारे ।
कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले यो क्षेत्रबाट उच्च राजनीति पहुँच भएका नेता भएको कारण विकास हुन नसेको बताए । उनले वर्षायाममा रुपनी वडा नम्बर ४ मा एम्बुलेन्स समेत पुग्न नसकिने भएकोले बाटो निर्माणका लागि पहल गरि दिन मन्त्री साह संग आग्रह गरे ।
गाउँपालिकाका अध्यक्ष हरेराम यादवले संघीय सरकारबाट भएपनि बजेटका लागि पहल गरि यो क्षेत्रमा बाटोको विकास गर्नु अपरिहार्य रहेको बताए । उनले रुपनी गाउँपालिकाको वडा नम्बर २ पौंवा देखि वडा नम्बर ४ छपकी भथौल सम्मको बाटो निर्माणमा सहयोग गरिदिन मन्त्री संग आग्रह गरे ।
यसैबीच मन्त्री साहले वडा नम्बर ४ स्थित आधारभूत विद्यालय छपकी भथौलको निरिक्षण गरेका छन् । विद्यालयका प्रधानाध्यापक बालकृष्ण यादवले विद्यालयको वाउण्ड्री वाल निर्माण गरिदिन मन्त्री संग आग्रह गरेका छन् ।
सप्तरीको भथोलमा शिव शनि मन्दिरको शिलान्यास
२०७८ मंसिर २७, सोमबार १०:३८संबन्धित खबर
© 2024 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer