प्रथम बराह च्यालेन्ज कपःपञ्चायन क्लव क्वाटर फाईनलमा

२०७८ मंसिर २७, सोमबार १०:४७


सन्तोष गुप्ता
सुनसरी ।
चतरामा भईरहेको प्रथम बराह च्यालेन्ज कप फुटवल प्रतियोगिताको शनिवार भएको खेल जित्दै पञ्चायन फुटवल क्लव बक्लौरी क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

राजावास फुटवल क्लव,राजावास लाई १–० गोलअन्तरले हराउ“दै पञ्चायनले क्वाटरफाईनलमा स्थान बनाएको हो । खेल शुरु भएको १० मिनेटमा पाञ्चायनका खेलाडी सुदन मगर निर्णायक १ गोल गरे ।

निकै रोमाञ्चक बनेको खेलमा पाञ्चायनले लगातार दबाद बनाएको भएपनि पाएको धेरै अवसरलाई भने राजावासले गोलमा बदल्न सकेको थिएन ।

पञ्चायनले मंसीर २७ गते हुने पहिलो क्वाटरफाईनल खेल आयोजक हाटखोला फुटवल क्लव रातो संग खेल्ने आयोजक हाटखोला फुटवल क्लवका सचिव रोहित साहले बताए ।

खेलका म्यान अफ द म्याच सुदन मगरलाई, पूर्व राष्ट्रिय खेलाडी तथा प्रतियोगिताको संयोजक रोशन श्रेष्ठले नगद २ हजार तथा ट्रफी प्रदान गरे ।

स्थानिय बाइसबिघे खेल मैदानमा भईरहेको प्रतियोगिताको आईतवार हुने खेलमा पटनाली फुटवल क्लव धरान र बराह युथ क्लव तित्रिगाछी भिड्ने आयोजकले बताएको छ ।



ताजा खबर