मैवाखोला गाउँपालिकामको प्रथम भलिबल प्रतियोगिताको उपाधी पाथिभरा याङ्वरक गाउँपालिकालाई

२०७८ मंसिर २७, सोमबार १५:४३

ताप्लेजुङ ,मंसिर २७ गते। ताप्लेजुङको मैवाखोला गाँउपालिकामा गत सुक्रवार वाट जारी प्रथम अध्यक्षकप भलिवल प्रतियोगिताको उपाधी पाथीभरा याङवरक गाँउपालिका ले हात पारेको छ । सोमबार सम्पन्न फाइनल खेलमा फुङलिङ नगरपालिकालाई ३ — १ को सेटमा पराजित गर्दै पाथीभरा याङवरकले उपाधि चुमेको हो । जित सगैँ पाथीभरा याङवरकले नगद रु तिन लाख सँगै ट्रफि , मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेतामा सिमित वनेको फुङलिङले नगद एक लाख पचास हजारमा चित्त वुझाएको छ ।
सेमिफाइनल वाटै वाहिरिएका सिदिंवा र सिरिजंघा गाँउपालिकाले जनहि ३५हजार रुपैया प्राप्त गरेकाछन । प्रतियोगिता अवधि भर उत्तकृष्ट प्रदशन गर्ने पाथीभरा याङवरकका खेल क्याप्टेन गिरिराज श्रेष्टले नगद दश हजार प्राप्त गरे ।उत्तकुृष्ट स्पाइकर पाथीभरा याङवरककै टेकेन्द« कार्की ,उत्तकृष्ट व्लकर फुङलिङ नगरपालिकाका सुशिल भट्टराई ,उत्तकृष्ट डिफेन्ड फुङलिङका लक्ष्मण गुरुङ ,उत्तकृष्ट सर्भर पाथीभरा याङवरकका उज्वल विष्ट , उत्तकृष्ट सेटर पाथीभरा याङवरककै कैलाश वस्नेत ले जनहि रु पाँच हजार प्राप्त गरे । जिल्लाको ८ वटा स्थानिय तहहरुको सहभागिता रहेको प्रतियोगिताको समापन जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले गर्नुभएकोथियो आन्तरिक पर्यटन प्रवद्धनका लागी भलिवल भन्ने नाराका साथ पालिकाले प्रथम पटक उत्त प्रतियोगिताको आयोजना गरेकोहो ।



ताजा खबर