ग्लोवल सहकारी संस्था लि.को अध्यक्षमा भाेला यादव

२०७८ मंसिर २७, सोमबार १५:४५


शुभ नारायण यादव

सप्तरी ,मसिंर २७ गते । ग्लोवल बहुमुखी सहकारी संस्था लि राजविराजको २१ औ साधारण सभावाट भोला प्रसाद यादवको अध्यक्षतामा ९ सदस्यीय सञ्चालन समिति चयन भएको निर्वाचन उप समितिले जनाएको छ । सो समितिको उपाध्यक्षमा लिला कुमारी ठाकुर रहेका छन भने समितीको सदस्यहरुमा चन्द्रिका यादव,रुपा मेहता,सुनिता कुमारी यादव,ज्ञानी प्रसाद यादव,विशेश्वर मंडल र विरेन्द्र सदा रहेका छन त्यसै गरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा उमेश प्रसाद यादव, श्रवन कुमार साह र सुनिता मंडल सदस्य रहेका छन । त्यसैगरी सल्लाहकार समितीमा संतोष कुमार चौधरी सहकारी विज्ञ,मनोज कुमार माझी सञ्चार विज्ञ, कृष्ण कुमार मंडल समाजसेवी, रामकुमार यादव कानूनी सल्लाहकार र सुखराम यादव सहकारीकर्मी एवम संस्थापक अध्यक्ष रहेका छन । ग्लोबल सहकारी संस्था लि.को निर्वाचन उप समितीका सदस्य अधिवक्ता संतोष कुमार चौधरीको अध्यक्षतामा नवनिर्वाचित प्राधिकारीहरुको पदस्थापना तथा पदाधिकारीहरुलाई निर्वाचन उप समितिका संयोजक अधिवक्ता राम कुमार यादवले प्रमाण पत्र वितरण गरेको थियो । पद स्थापन समारोहमा संस्थाका व्यवस्थापक समझना कुमारी चौधरी, लघुवित प्रमुख पंकज कुमार पौखरेल, फिल्ड इन्चार्ज राम नारायण मेहता लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोहि अवसरमा नवनिर्वाचित अध्यक्ष भोला प्रसाद यादव लगायत पदाधिकारीहरुलाई संस्थाका निबर्तमान अध्यक्ष सुखराम यादवले फुलमाला तथा अविर लगाएर स्वागत तथा कार्यकालको सफलताको शुभकामना समेत गरेका थिए । नवनिर्वाचित अध्यक्ष भोला प्रसाद यादवको अध्यक्षतामा पहिलो वैठकबाट संस्थाको २१ औँ सधारण सभा मंसिर ५ गतेको समिक्षा लगायत विषयमा विभिन्न निर्णय गरिएको संस्थाले जनाएको छ । संस्थाको २१ औँ बन्द सत्रको छलफल पश्चात निर्वाचन उपसमितीले सर्वसहमत रुपमा पदाधिकारी चयन गरेको छ ।



ताजा खबर

error: Content is protected !!