रौतहटमा शस्त्र घुमुवाको धानधली

२०७८ मंसिर २९, बुधबार ११:४५

अमित ठाकुर
रौतहट ।
रौतहटमा शस्त्र प्रहरी घुमुवाले आतंक मचाएका छन्। प्रदेश नंबर २ द्वरा संचालित शस्त्र घुमुवा रविकान्त मिश्र र शस्त्र प्रहरी ११ नंबर गणका घुमुवा उमेश पंडितले ब्यपारी संग महिनावारी बढाउन बिल सहितको समान भन्सार बुझाउने गोरखधन्दा सुरु गरेका छन्। घुमुवा मिश्र र पंडितले केही दिन यता रौतहटको बोर्डर एरियाका पस्लेहरुलाई दुःख दिने सुरु गरेका छन्। सुमिनत्रा किराना पसल गौरले टेम्पोमा बिस्कुट र सेम्पो रौतहटकै मध्य भाग गरुडामा अनलाइन बिल बिजक काटेर पठाउँदा घुमुवा प्रहरी मिश्र र पंडितले सो बिलको कुनै भ्यालु नरहेको भन्दै सो समानहरु नियन्त्रणमा लिई भन्सार बुझाएका छन्।

गौर चपुर सडक खण्डको बमनहरमा शस्त्र घुमुवा प्रहरी मिश्र र पंडितले सो किराना समान नियन्त्रणमा लिई पस्ले साहु अम्रेन्द्र जयसवालले प्रदेश नंबर २ द्वारा संचालित घुमुवा मिश्रलाई फोन गर्दा ३० वटा छिटो ब्यवस्था गर नत्र आफै बुझ्ने भने घुमुवा प्रहरीले साहुलाई धम्की दिएको साहु जयसवालले बताएका छन्। साहु जयसवालले पैसा दिन नमाने पछि सो किरान समानको अनलाइन बिल बिजक कटेता पनि ब्यवारिसे भनेर गौर भन्सार कार्यालयमा आवश्यक कार्वाहीका लागि बुझाएका छन्। रौतहटबाट अन्तय ठाउँमा शस्त्र प्रहरी घुमुवा बिवादमा परी बारम्बार तानिएता पनि पावरको बलमा केही महिना बाहिर डिउटी गरि पुण्ह चर्को रकम असुली गर्न रौतहट नै आउने गरेको ब्यपारीहरुले बताउँछन् । चिसोको मौका छोपी अहिले रौतहटको बोर्डर एरियाबाट अवैध कारोबार कायमै रहेको र तल्ल देखि माथि सम्मका प्रमुखहरुको महिनावारी रहेको ब्यपारीहरुले बताउँछन् ।



ताजा खबर