खाद्यान्न लोड गरेको भार्तीय ट्रक रौतहट प्रहरीको नियन्त्रणमा ! भन्सारको सेटिङ्ग

२०७८ मंसिर २९, बुधबार १७:१७

अमित ठाकुर

रौतहट,मंसिर २९गते । भार्तीय नंबर प्लेट भएको तीनवटाद ट्रकमा खाद्यान्न बस्तु आलु लोड गरि ल्याई रहेको अवस्थामा राती जिल्ला प्रहरीले नियन्त्रणमा लिएको हो। WB11C 1578 र BR06GC 7247 र BR 30G 2178 नंबर भएको तीन वटा भार्तीय ट्रकमा परिमाण भन्दा बढी लोड गरेको र लोड रहेको समान भन्दा कमको भन्सार कटेको संकामा तीन वटै ट्रकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो।पक्राउ गरिएको तीन वटै ट्रक अहिले जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको हो। गौर भन्सारको यो रवैया कुनै नयाँ नरहेको केही व्यवपारीले बताउँछन् । सानातिना व्यपारीलाई गौर भन्सारले मात्र दु:ख दिने र ठुल-ठुला व्यपारी संग आन्तरिक सेटिङ्गमा परिमाण भन्दा कम भन्सार काट्ने गरेको एक जना व्यपारीले बताउँछन् ।जिल्ला भरीमा रहेका व्यापारीक केन्द्रहरुले आफैले भारत बाट सामान मगाएर भन्सार काटेर लग्ने प्रक्रिया गाह्रो, झन्झटिलो र महङ्गो हुने भन्दै बिचौलियाको सहारा लिन्छन । बिचौलिया तस्करहरुले भारत बाट आएको पाँच लाखको सामानको मूल्याङ्कन ६० प्रतिशत भन्दा पनि तल पुर्याएर भन्सार अधिकृतको सेटिङ्गमा सो सामान रौतहटका विभिन्न स्थानमा पुर्याउने प्रज्ञापन पत्र त्यार गराउछन । व्यपारीले भारतीय बजारमा एक हजारमा किनेको एउटा साडीको मूल्याङ्कन भन्सारले दुई सय रुपैया भन्दा बढी गर्दैन र सोही मूल्याङ्कन अनुसारको राजश्व काट्ने गर्दछन् । यसरी भन्सार कर्मचारीको मिलेमतोमा कागजात तयार भइसकेको पछि एउटै प्रज्ञापनपत्रमा तस्करहरुले पटक पटक गरी दिनभरी सामान ओर्साछन । पाँच पोकाको प्रज्ञापन पत्र बनाएका तस्करले पटक पटक गरी बिस पोका सामान त्यही प्रज्ञापनपत्र देखाएर सुरक्षाकर्मीलाई छल्ने गर्छन ।
यसरी तस्करले भारतबाट आएको पाँच लाखको सामान कुनै व्यापारीको पसल सम्म सकुशल पुर्याए पछि पाँच लाखको १५ देखी २० प्रतिशतको रकम उनीहरुले कमिशन लिन्छन । यसरी पाँच लाखको सामानलाई एकलाखको मूल्याङ्कन गराएर राजश्व तिरे पछि व्यापारी, भन्सार कर्मचारी र तस्करले गौर भन्सारलाई लुटिरहेका छन । गौर भन्सार बाट सँगठित रुपमा केही तस्करहरुले भन्सार अधिकृतको मिलेमतोमा तस्करी गरि रहेका छन । राजश्व संकलनमा खटनु पर्ने भन्सार कर्मचारीले नै तस्करहरुलाई सुरक्षाकर्मीबाट जोगिने गरि कागजात बनाएर प्रतिदिन राज्यको लाखौं रुपैंया छल्ने गरेका छन ।



ताजा खबर