छिन्नमस्तामा अपांगहरुलाइ हविलचेयर तथा बेशाखि वितरण

२०७८ पुष १, बिहीबार १०:१७


शुभ नारायण यादव
सप्तरी,पुस १ गते ।
सप्तरीको छिन्नमस्ता गाउपालिकाका अपाङता भएका ब्यक्तिहरुलाइ एक कार्यक्रमका बिच हविलचेयर तथा बेशाखि वितरण गरेको छ । अपांगता समितिका सन्योजक तथा गाउपालिकाकि उपाध्यक्ष उषा कुमारि मण्डलको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बिचमा त्यहाका १८ जना अपाङता भएका ब्यक्तिहरुलाइ हविलचेयर तथा ५२ जनालाई बेशाखि वितरण गरेका हुन । सो समारोहमा गाउपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत महेश कुमार शर्मा ,युवा पत्रकार शुभ नारायण यादव ,वडा न.१ का वडाअध्यक्ष बिनोद कुमार यादव , २ न. वडाअध्यक्ष चुनचुन साह , ३ का वडाअध्यक्ष दिपेन्द्र कुमार यादव , ५ का वडाअध्यक्ष शिव शङ्कर पण्डित , ६ का अध्यक्ष बिरेन्द साह ,अपाङ्गता समितिकि सदस्यहरु जानकि देवि राम , अशोक कुमार यादव , उमदा देवि ,देब नारायण राय लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।



ताजा खबर

error: Content is protected !!