अमित ठाकुर
रौतहट,पौष ०१ गते।कोभिड १९ का कारण बन्द रहेको भारत नेपाल बोर्डर खुले संगै तस्करहरुले मुख्य नाकाबाट तस्करी सुरु गरेका छन्। बजार सँग सिमा जोडिएको रौतहट सदरमुकाम गौरका सँगठीत तस्करहरुले तस्करी शुरु गरेका छन ।
भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सारका केही कर्मचारीकै मिलेमतोमा केही ठुला बडा एजेन्टले राजश्व छल्दै कम मूल्यांकन राखेर प्रज्ञापन पत्र बनाएर सँगठीत रुपमा तस्करीको कारोबार शुरु गरेका छन । भन्सार प्रमुख सुशील प्रसाद शर्माले आफै दिनभरी स-साना ब्यपारीहरुको मालसमान समात्नमा ब्यस्त रहेता पनि ठुलाबडा तस्करहरुले समानको तौल र मुल्यांकन नै कम गरि तस्करी गर्दा प्रमुख शर्माको ध्यानाकर्षण नभएको र केही कर्मचारीको आन्तरिक सेटिङ्गमा मुख्य नाका हुँदै तस्करी सुरु भएको तस्कर समूह कै एक जनाले बताएका छन्। भार्तीय विभिन्न नंबरको ३ वटा ट्रकमा खाद्यान्न सामाग्री आलु लोड गरि प्रज्ञापन पत्रमा गडवडी र तौलमा कम गरि सो खाद्यान्न बस्तुको मुल्यांकन नै कम गरि भन्सारका केही कर्मचारीहरुको सेटिङ्गमा गौरको मुख्य नाका हुँदै भित्रियाइ रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेका छन्। भार्तीय नंबर प्लेट भएको तीनवटा ट्रकमा खाद्यान्न बस्तु आलु लोड गरि ल्याई रहेको अवस्थामा राती जिल्ला प्रहरीले नियन्त्रणमा लिएको हो। WB11C 1578 र BR06GC 7247 र BR 30G 2178 नंबर भएको तीन वटा भार्तीय ट्रकमा परिमाण भन्दा बढी लोड गरेको र लोड रहेको समान भन्दा कमको भन्सार काटेको संकामा तीन वटै ट्रकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बिनोद घिमिरेले जनाएको हो। पक्राउ परेको तीन वटै भार्तीय ट्रक र खाद्यान्न बस्तु आलु आवश्यक कार्वाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैहिया पठाएको प्रहरी उपरीक्षक घिमिरेले जनाएको हो। तस्करहरुले लाखौं रुपैया राजश्व तिर्नु पर्ने ठाँउमा आयातित बस्तुको मूल्यांकन तथा परिमाण न्यून राखेर केही हजार मात्रै राजश्व बुझाएर भन्सार कर्मचारीको मिलेमतोमा दैनिक लाखौं रुपैया बराबरको कपडा, खाद्यान्न तथा मेशिनरी पार्टसहरुको तस्करी मुख्य नाका बाटै शुरु गरेका छन ।
मुख्य भन्सार नाका अगाडिको विद्युतिय पोलमा प्रशासन, भन्सार विभाग तथा गौर भन्सार कार्यालय समेतले निगरानीका लागी सिसिटिभी जडान गरेता पनि ती सिसिटिभी सर्वसाधारणका लागि मात्र प्रयोग हुने गरेको हो । तर तस्करीका दृश्य र भन्सार कर्मचारीको बदमासीहरु भने क्यामेराले कैद नै गर्न सकेको छैन । “मुख्य प्रवेशद्धार बाटै पिकअप गाडी विभिन्न भार्तीय ट्रकलमा भारतबाट नेपाल अयात भएको समानहरुको कागजी प्रकृया मै हिनामिना हुने र केही कर्मचारीहरुको सेटिङ्गमा दैनिकी मुख्य नाकाबाट तस्करी हुने गरेको हो। भन्सार अधिकृतको मिलेमतोमा दैनिक लाखौंको राजश्व चुहावट हुदा समेत राजश्व कार्यालय तथा भन्सार विभाग मौन बसेका छन् ।
कसरी हुन्छ तस्करी ?
जिल्ला भरीमा रहेका व्यापारीक केन्द्रहरुले आफैले भारत बाट सामान मगाएर भन्सार काटेर लग्ने प्रक्रिया गाह्रो, झन्झटिलो र महङ्गो हुने भन्दै बिचौलियाको सहारा लिन्छन । बिचौलिया तस्करहरुले भारत बाट आएको पाँच लाखको सामानको मूल्याङ्कन ६० प्रतिशत भन्दा पनि तल पुर्याएर भन्सार अधिकृतको सेटिङ्गमा सो सामान रौतहटका विभिन्न स्थानमा पुर्याउने प्रज्ञापन पत्र त्यार गराउछन । व्यपारीले भारतीय बजारमा एक हजारमा किनेको एउटा साडीको मूल्याङ्कन भन्सारले दुई सय रुपैया भन्दा बढी गर्दैन र सोही मूल्याङ्कन अनुसारको राजश्व काट्ने गर्दछन् ।
यसरी भन्सार कर्मचारीको मिलेमतोमा कागजात तयार भइसकेको पछि एउटै प्रज्ञापनपत्रमा तस्करहरुले पटक पटक गरी दिनभरी सामान ओर्साछन । पाँच पोकाको प्रज्ञापन पत्र बनाएका तस्करले पटक पटक गरी बिस पोका सामान त्यही प्रज्ञापनपत्र देखाएर सुरक्षाकर्मीलाई छल्ने गर्छन ।
यसरी तस्करले भारतबाट आएको पाँच लाखको सामान कुनै व्यापारीको पसल सम्म सकुशल पुर्याए पछि पाँच लाखको १५ देखी २० प्रतिशतको रकम उनीहरुले कमिशन लिन्छन । यसरी पाँच लाखको सामानलाई एकलाखको मूल्याङ्कन गराएर राजश्व तिरे पछि व्यापारी, भन्सार कर्मचारी र तस्करले गौर भन्सारलाई लुटिरहेका छन । गौर भन्सार बाट सँगठित रुपमा केही तस्करहरुले भन्सार अधिकृतको मिलेमतोमा तस्करी गरि रहेका छन । राजश्व संकलनमा खटनु पर्ने भन्सार कर्मचारीले नै तस्करहरुलाई सुरक्षाकर्मीबाट जोगिने गरि कागजात बनाएर प्रतिदिन राज्यको लाखौं रुपैंया छल्ने गरेका छन ।सिमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलले चोरी निकासीमा कडाइ तथा निगरानी बढाए पछि भन्सार कार्यालय बाटै कागजपत्र मिलाएर सुरक्षाकर्मीको आँखा छल्ने काम शुरु भएको हो । “हामीले सिमामा रहेका प्रत्येक यूनिटलाई चोरी निकासी रोक्न परिचालन गरेता पनि भन्सार कर्मचारीले विभिन्न समानका मुल्यांकन नै कम गरि सुरक्षाकर्मीको आँखामा धुल्लो झोकिरहेेका छन्।