जिफन्ट द्वारा निशुल्क माक्स ,साबुन र सेनिटराइजर वितरण

२०७८ पुष १, बिहीबार १४:५९

शुभ नारायण यादव

सप्तरी,पुष १ गते। अखिल नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टले सप्तरीको डाक्नेश्वरि नगरपालिका वडा न.८ प्रवाहामा साबुन ,माक्स र,सेनिटराइजर लगायतका सामग्रीहरु वितरण गरेका छन । पछिल्लोपटक मुलुकमा बढदे गरेकाे काेभिड १९ अर्थात काेराेना महामारिलाइ मध्य नजर गर्दै जिफन्टले त्यहाका झन्डै ७०० परिवारलाई साे सामग्रीहरु वितरण गरेका हुन । काेराेना महामारिबाट जाेगिनका लागि जिफन्टका सदस्यहरु तथा विपन्न गरिब ,निमुखा हरुलाइ साे सामग्री वितरण गरेकाे जिफन्ट डाक्नेश्वरि नगरपालिकाका नगर अध्यक्ष रामअवतार यादवले जानकारी दिनुभयाे । जिफन्टका सदस्य बाहेक अति विपन्न ,गरिब ,एकल महिला लगायतकालाई साे सामग्रीहरु वितरण गरेकाे खुशि समेत ब्यक्त गरेकाे जिफन्टकि उपाध्यक्ष गायत्री पण्डितले बताइन ।



ताजा खबर