सप्तरीमा बलात्कारको मुद्दा लगाईदिने धम्की दिने दुई पक्राउ

२०७८ पुष ४, आईतवार १०:५६


शुभ नारायण यादव
सप्तरी,पुस ४ गते ।
सप्तरीमा जबरजस्तीकरणी अर्थात बलात्कारको मुद्दा लगाएर जेल पठाईदिने धम्की दिएर ठगी गरेको आरोपमा एक महिलासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा न.–९ लालपट्टीका ३२ वर्षीय मो. रहमान मियाँ र कासिम मियाँकी पत्नी २५ वर्षीया रुबिना खातुन रहेका हुन् ।
प्रहरीका अनुसार पक्राउ परेकी रुबिनाले गत मंसिर ३ गते सोही ठाउँकी समसुल मियाँको पत्नी ३१ वर्षीया गुलेसा खातुनलाई फोन सम्पर्क गरी तिम्रो लोग्नेले मलाई जबरजस्ती करणी गरेकोले मुद्दा मिलाउन ४ लाख रुपैयाँ दिनुपर्दछ भन्दै नदिए जबरजस्तीकरणीको मुद्दा लगाएर जेल पठाईदिने धम्की दिएका थिए । सोही क्रममा रुबिनाले गत मंसिर १० गते बार्गेनिङ गरी १ लाख रुपैयाँ ठगी गरेकी थिइन् । यता गुलेसाले जाहेरी दिएपछि घटनाको अनुसन्धानको क्रममा दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफलेले जानकारी दिनुभयो ।



ताजा खबर