सहमति पछि गोलबजारको जाम खुले सिरहाको अवरुद्ध सडक

२०७८ पुष ४, आईतवार ११:०८

सिरहा,पुस ४ गते । सिरहाको गोलबजार नपा ६ मा छुरा प्रहारबाट मृत्यु भएको घटनाका दोषिलाई २४ घण्टाभित्र कार्वाहीको दायरामा ल्याउने प्रशासनको प्रतिबद्धता पछि अवरुद्ध सडक ५ घण्टापछि खुलेको छ । स्थानीयले प्रहरीको लापर्वाहीकै कारण दोषी उम्मेको भन्दै तत्काल दोषिलाई पक्राउगरी कार्वाही, घाईतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्तीको माँग सहित अवरुद्ध सडक जाम सहमति खुलेको हो ।
स्थानीय प्रशासनले दोषिालाई २४ घण्टाभित्र पक्राउ गरी कार्वाहीको दायरामा ल्याउने तीनबुँदै सहमति पछि सडक अवरुद्ध खुलेको छ । पीडित पक्ष र स्थानीय प्रशासनविच २४ घण्टाभित्र नतिजा देखिने गरी दोषीलाई पक्राउगरी कानुनी कार्वाही गरिने, घाइतेको उपचारको व्यवस्था गरिने र पीडितलाई कानुन बमोजिम क्षेतिपूर्ति दिलाउने सिफारिस गर्ने सहमति भइकाृ बताइएको छ । सडक जामका कारण सयौं सवारी साधन र हजारौं यात्रि अलपत्र परेका थिए ।
शनिवार बेलुमा बजारबाट तरकारी किनेर गईरहेको बेला स्थानीय केही युवाले घेरेर गोलबजार नपा ६ डोहटियाका करिव २६ वर्षिय रामकुमार सदामाथि छुरा प्रहार गरेको थियो । छुरा प्रहारबाट घाइते उनलाई उपचारका लागि धनगढीमाई नपा ९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्याएपनि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
घाइते सोही ठाउँका १९ वर्षिय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ । प्रहरीले घटनामा संलग्नहरुको पहिचान भईसकेको र उनीहरुलाई चाँडै कार्वाहीको दायरामा ल्याउने बताएको छ ।



ताजा खबर