शुभ नारायण यादव
सप्तरी । आमा बुवाको नाउमा निस्वार्थ भावले राहत वितरण गर्दै आउनु भएका समाजसेवी इन्जिनियर सुर्य नारायण यादव पछिल्लोपटक आफु बिरामि भएर पनि राहत वितरण अभियानलाई निरन्तरता दिएका छन । सोहि क्रममा धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा आगलागिबाट आहतलाई राहत वितरण गरेको हो ।
घरमा आगलागि हुदा सर्वस्व गुमाई बिच्चलीमा रहेको सप्तरीको डाकनेश्वरी नगरपालिका वडा न.–५ पातो का अग्निपीडितहरु रामानन्द चौधरी,बाबुनन्द चौधरी र सुरु चौधरी लाई जनही हरेक परिवारलाई राहतस्वरुप विभिन्न सामग्रीहरु वितरण गरेका छन । अग्निपिडित परिवारलाई राहत स्वरुप त्रिपाल ,झुल ,तन्ना ,धोती ,साड़ी, थाल, गिलास ,कराही ,डेकची र छोलनी लगायतका सामाग्रीहरु वितरण गरेको संस्थाका अध्यक्ष एवम् समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो । यहि पुस ०३ गते आगलागि हुदा अनुमानित दश लाख भन्दा बढीको क्षति भएको थियो ।
सोहि अवसरमा ईलाका प्रहरी कार्यालय पातोका प्रहरी नायब निरीक्षक सुरेश कुमार यादव, सशस्त्र प्रहरी बल पातोका प्रहरी निरीक्षक राजु श्रेष्ठ,डाकनेश्वरी नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार ठाकुर, स्थानीय पत्रकारद्वय महेन्द सदा र श्यामसुन्दर यादव,लग्न कुमार साह लगायतका स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।