शुभ नारायण यादव
सप्तरी,पुस ६ गते । सप्तरीमा पोखरीमा माछाको चारो हाल्न गएका पुरुषको डुबेर मृत्यु भएको छ । सप्तरीको अग्निसाईर कृष्ण सवरण गाउँपालिका वडा नं. २ ईटहर्वाका ५२ वर्षीय बाबु नन्द चौधरीको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । हिजो साँझ करिब ५ बजे आफ्नो निजी पोखरीमा माछाको चारो हाल्न गएका चौधरी घर नफर्केपछि आफन्तजनहरुले सोही दिन देखि खोज्दै गर्दा आज विहान उनको चप्पल पोखरीको डिलमा फेला परेको थियो । चप्पल फेला परेकाले स्थानियहरुले पोखरीको पानीमा जाल लगाई खोजतलास गर्दा चौधरीको शव फेला परेको खबर स्थानियहरुले प्रहरीलाई दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता मृतकको शवको राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा कानुन बमोजिम मुचुल्का गरी पोस्टमार्टम भएपश्चात थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा पोखरिमा डुबेर चोधरिको मृत्युु
२०७८ पुष ६, मंगलवार ११:२०
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer