ईशनाथ नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत गुप्ताले अख्तियारको नाम बेच्दै सोफा घरमा दाखिला नगरपालिकामा गर्ने दवाब

२०७८ पुष ७, बुधबार १०:५५

अमित ठाकुर
रौतहट,पुष ७ गते ।
रौतहटको ईशनाथ नगरपालिकामा नन्द किशोर गुप्ताले दोस्रो पटक निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाले देखि नै सो नगरपालिका विभिन्न विवादका कारण आलोचित हुन थालेको छ । गुप्ताको व्यक्तिगत स्र्वाथका लागी काम गर्ने शैलीका कारण नगरपालिका झनै आलोचित हुन पुगेको हो । निमित्त प्रमुख गुुप्ताको पहिलो कार्यकाल समेत सो पालिकामा विवादितै रहेको थियो । पहिलो कार्यकालमा पनि गुप्ताले कार्यालय प्रयोजनका लागी भनेर एसि, स्कुटर, सोफा, मोबाईल, लैपटाप, व्याम गर्ने महंगो टे«ड विल लगायतका जिन्सी सामग्री खरीद गरी व्यक्तिगत रुपमा आफ्नो घरमा प्रयोग गरेका थियो जुन सामग्री बुझाउन सो पालिकाका नगर प्रमुख सन्तोष मेहताले जिल्ला प्रशासन कार्यालय रौतहटलाई बोधार्थ गरी गुप्तालाई पत्रचार नै गरेका थिए । पहिलो कार्यकाल पछाडि पुन सोहि पालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएका गुप्ता दोस्रो पटक पनि मनोमानी ढंगले कार्यालय संचालन गर्न थालेका छन् । गुप्ताले अहिले आफ्नो निजि स्वार्थ पुरा गर्न अख्तियार दुरुपयोग अनुसंधान आयोगको नाम बेच्न थालेका छन् । अख्तियारको एक हाकिम संग मुद्धाको फाईल मिलाउन सोफा दिएको भन्दै सो सोफाको भुक्तानी कार्यालयबाट गर्न गुप्ताले लेखापाललाई दबाब दिएको फोन अडियो प्रभावकारी दैनिकले प्राप्त गरेको छ । बाराको निजगढ स्थित एक पसल बाट रु. ७० हजारमा खरिद गरेको सोफा गौर स्थित आफ्नो घरमा प्रयोग गरी सो सोफा आफुले मुद्धा मिलाउन अख्तियारको हाकिमलाई दिएको भन्दै गुप्ताले लेखापाल ठाकुरलाई दबाव दिएको रेकर्डबाट प्रष्ट बुझिन्छ । लेखापाल ठाकुरले जिन्सी दाखिला पछाडि मात्रै आफुले भुक्तानी दिने बताएपछि गुप्ताले जिन्सी दाखिलाको लागी जिन्सी प्रमुख दिपेश रौनियारलाई सो सोफाको दाखिला गर्न दबाव दिएको श्रोतले जनाएको छ । गुप्ताको यहि रवैयाका कारण सो पालिकाका कर्मचारी, जनप्रतिनिधि तथा नगरप्रमुख गुप्ताबाट रुष्ट भई विकल्प सोच्न थालेको बुझिन आएको छ ।



ताजा खबर