सिरहा,पुस ७ गते । जबरजस्ती करणी गरेको अभियोगमा उदयुरको कटारी नगरपालिका ५ खैरेनीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ४० वर्षीया महिलालाइ जबरजस्ती करणीगरेको आरोपमा ३२ वर्षीय राकेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई उनकै घरभित्र कोही नभएको अवस्थामा अधिकारीले सोमबार जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी, सप्तरीका १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिरहुत गाउँपालिका ५ बुदेवाटोलका २० वर्षीय मो. अफजललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कंचनरुप नगरपालिका ११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी ती किशोरीलाई अफजलले ललाई फकाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कटारीमा जबरजस्ती करणी अभियोग दुई युवक पक्राउ
२०७८ पुष ७, बुधबार ११:०३संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer