सप्तरीबाट ब्राउन सुगरसहित दुई जना भारतीय पक्राउ

२०७८ पुष ७, बुधबार १४:२६

शुभ नारायण यादव

सप्तरी ,पुस ७ गते । सप्तरीबाट ब्राउन सुगरसहित दुई जना भारतीय युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतकाे विहार राज्य सुपौल जिल्लाको भिमनगर ग्राम पञ्चायत–४ का ३१ वर्षीय गोलु भनिने रतन शर्मा र सोही ठाउँका ३५ वर्षीय जय प्रकाश पासवान छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका वडा न.–२ कञ्चनपुरस्थित चेकजाँच गर्ने क्रममा बीआर ५० आर २४९६ नम्वरको मोटरसाइकलमा सवार दुवै जनाको साथबाट २२ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । गत आइतवार पक्राउ गरिएको दुवै जनामाथि म्याद थप गराई अावश्यक थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।



ताजा खबर