माओवादी केन्द्रको अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

२०७८ पुष ८, बिहीबार १६:३८


शुभ नारायण यादव

सप्तरी,पुष ८ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )सप्तरीको ईन्चार्ज अशोक कुमार मंडलको अध्यक्षतामा जिल्लाको अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम राजबिराज स्थित साह धर्मशालामा अाज सम्पन्न भएको छ ।
ईन्चार्ज मंडलले जिल्लामा पार्टी बनाउने र विगार्ने विच लडाई रहेको बताउनु भयो । उहाँले जिल्लाका नेता उमेश यादवको कारण जिल्लामा पार्टी लथालिङ्ग बनेको आरोप लगाउनु भयो । सो अवसरमा प्रदेश सदस्यद्वय महेश प्रसाद यादव,अरुण कुमार साह,राजविराज नपाका अध्यक्ष रामगमन साह,शम्भुनाथ नपाका अध्यक्ष गणपति साह,तिलाठीकोइलाडी गापाका संजय सिंह,सप्तकोशी नपाका भरत पौडेल,छिन्नमस्ता गापाका अध्यक्ष जय प्रकाश यादव,विष्णुपुर गापाका अध्यक्ष राम कुमार राय,बोदेवर्साइन नपाका अध्यक्ष राम प्रसाद राम,बलानविहुल गापाका अध्यक्ष महेनद्र यादव,हनुमाननगरकंकालिनी नपाका अध्यक्ष राहुल मण्डल,रुपनी गापाका अध्यक्ष सिंहेशवर साह,सुरुगा नपाका उपेन्द्र पासवान ,लगायतले जिल्लामा देखिएको वेतिथीको वारेमा आ आफनो धारणा राखेको थियो ।



ताजा खबर

error: Content is protected !!