शुभ नारायण यादव
सप्तरी ,पुष ८ गते । सप्तरीमा बाख्रा चराउन गएकी एक किशोरीलाई फकाएर जबरजस्ती गर्ने युवक पक्राउ परेका छन् । एक १६ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा सप्तरीको तिरहुत गाउँपालिका वडा न.–५ बुदेवा निवासि २० वर्षीय मो.अफजललाई प्रहरीले पक्राउ गरेको हो । सप्तरीको कंचनरुप नगरपालिका वडान.–११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी ती किशोरीलाई अफजलले ललाई फकाई जब रजस्तीकरणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यता साे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।