सप्तरीको करमनिया र बजरागुठि नमुना बस्ति घोषणाा हुने

२०७८ पुष ११, आईतवार ०४:१८


शुभ नारायण यादव
सप्तरी ।
सप्तरीको खडक नगरपालीकाको वडा नं ४ अन्र्तगतको करमनिया बस्ती एवं वडा नं ९ को बज्राहिगुठी बस्ति अब नमुना र सफा बस्ति बन्ने भएको छ । एसएनभी नेपालको सहयोग एवं खडक नगरपालीकाको समन्वयमा सबल नेपालद्धारा संचालित वास एसडिजी कार्यक्रम अन्र्तगत सप्तरीको खडक नगरपालीकाको वडा नं ४ अन्र्तगतको करमनिया बस्ती एवं वडा नं ९ को बज्राहिगुठी बस्तीलाई सफा तथा स्वच्छ समुदायका लागि पुर्ण सरसफाइका सुचकहरु पुरा गरी सकेकोले आज नगर स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिद्धारा अनुगमन गरिएपछि उक्त बस्ति नमुना घोषणाा गर्ने भएको हो । खडक नगरपालिकाका नगर उपप्रमुख यासमिन सुल्तानको नेतृत्वमा रहेको उक्त अनुगमन समितिमा खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त दास, सरसफाइ तथा स्वास्थय फोकल पर्सन जयकान्त पण्डित, महिला शाखा प्रमुख अनिता साह, शिक्षा शाखा प्रमुख विरेन्द्र यादव, वडा सदस्य गौरी चौधरी, पत्रकारद्धय अरुण कुमार यादव, शुभनारायण यादव, एसएनभी नेपालका कृष्ण जिसि, सबल नेपालका अध्यक्ष जुना गिरी वडा अध्यक्ष गंगा प्रसाद चौधरी लगायतका व्यक्तिहरुरहेका थिए । यसरी दुवै बस्तीमा गरिएको अनुगमन पश्चात दुवै वस्ती सफा तथा स्वच्छ क्षेत्र घोषणा गर्न योग्य भएकोले घोषणाको अनुमति समेत प्रदान गरिएको छ । यता विगत ९ महिना अघि सबल नेपालले उक्त बस्तिमा पुर्ण सरसफाइ अभियान सन्चालनमा ल्याएपछि त्यहाका महिलाहरुले सरसफाइ तर्फ पुर्ण रुपमा उन्मुख बनेको स्थानीय महिलाहरुको कथन रहेको छ । यसअघि आफुहरुले यसरी सरसफाइमा ध्यान नदिएपनि उक्त कार्यक्रम सन्चालनमा आएपछि आफुहरु पुर्ण सरसफाइ उन्मुख बस्ति अभियानमा लागेको स्थानीय देब कुमारी चोधरिको भनाइ रहेको छ।



ताजा खबर