गौरमा रहेको माँ जानकी & कृष्णा ज्वेलर्स भारतीय नागरिकको नाउँमा पुष्टि

२०७८ पुष ११, आईतवार १५:१३

अमित ठाकुर

रौतहट,पौष ११ गते । गौरमा रहेको माँ जानकी & कृष्णा ज्वेलर्स भारतीय नागरिकको नाउँमा रहेको पुष्टि भएको हो। करिब आठ बर्ष पहिला भारतीय नागरिक रहेको दुई दाजुभाइ रौतहट जिल्लाको सदरमुकाम गौरमा आई आन्तरिक राजश्व कार्यालयमा माँ जानकी & कृष्णा ज्वेलर्स दर्ता गराई लगभग अर्बौंको अवैध कारोबार सुरु गरेको हो। तर यो सत्य हो भन्ने कुरा गौर निवासी दुई दाजुभाइले पुष्टि गरेका छ्न। समाचार श्रोतका अनुसार नेपाल र भारत दुबै देशको दोहोरो नागरिकता वोकेको दुई दाजु भाईले रौतहटको गौरवाट सुनचाँदीको अवैध कारोवार सुरु गरि करोडौं सम्पत्ति आर्जन गरेको तथ्य बाहिरिन थालेका छन्।
भारतको बिहार राज्यको सितामढी जिल्लाका रेवासी मकसुदपुरका दुवै दाजु भाई केहि वर्ष अगाडि गौरमा कोठा भाडा लिएर बस्दै आएका थिए । दुई दाजुभाइ बिरेन्द्र साह र धिरेन्द्र साहले अवैध सुनचाँदीको कारोबार सुरु गरेको केही दिनमै रौतहटकै बसन्तपट्टी गाउँ हेराई बंशज नागरिकता बनाए। नेपाली नागरिकता बनाउन नेपाली नागरिकलाई हप्ता दिन भन्दा बढी लाग्ने र पुर्खाको प्रमाण फेला नपरे सिधै सहरजमिन काट्ने अवस्था अहिले जिल्ला प्रशासन कार्यालयमा भई रहदा पनि भारतीय नागरिक रहेको दुई दाजुभाइको बंशज नागरिकता कसरी भयो भन्ने बिषयमा अहिले खैलाबैला मचेका छन्। यति मात्र होइन दुई दाजुभाइले सुनचाँदीको अबैध कारोबार गरि केही बर्षमै करोडौंको सम्पत्ति आर्जन पनि गरेका छन्। यो बिचमा यिनिहरुको यि सबै काला कर्तुतको खुलासा भने त्यसबेला भयो जब बिरेन्द्र साहले भारतको बिहार राज्य सितामढी जिल्लाको रिगा प्रखण्डमा रेवासी पकरी ग्राम पञ्चायत चुनावमा प्रत्यासी भए । भर्खर भएको भारतको बिहार राज्यको चुनावमा प्रत्याक्षी हुँदा जगदीश साहको जेठो छोरा बिरेन्द्र साह नेपाली नागरिकता त्याग गरे। भने बिरेन्द्र साह बाहेक सबैको नागरिकता भने अहिले पनि दुवै देशको रहेको तथ्य बाहिरीएका छन्।
विरेन्द्र साह सोनार र धिरेन्द्र साह सोनार सहित उनका श्रीमती बुवा समेतको नागरिकता रौतहटको परोहा नगरपालिका अन्तर्गत भेडियाही नगर सविकको वशन्तपट्टी गाविस वडा नम्वर ८ वाट नेपाली नागरिकता लिएका हुन् ।यति मात्र होइन यिनीहरुको रौतहटमा कालो सम्पत्ति सहित बैंकमा खाता समेत संचालन रहेको तथ्य बाहिरीएका छन्। यति मात्र होईन बर्षौं देखि दुवै दाजुभाइ माँ जानकी एण्ड कृष्णा ज्वेर्लस संचालन गर्दै आएका दाजुभाई वार्षिक एक अर्बभन्दा बढीको सुन नेपालबाट भारततर्फ अवैध रुपमा निर्यात गर्दै आएको राजस्व कार्यालयबाट बुझ्न सकिन्छ । यतिमात्र होईन रौतहटमा अधिकाशं भार्तीय नागरिकहरुले दुवै देशका नागरिकता लिई नेपालबाट अवैध कारोबार सुरु गरेका छन्।
यसै सन्दर्भमा राजस्व अनुसन्धान बिभागका महानिर्देशक प्रकाश पौडेल सग सम्पर्क गर्दा यो बिषयमा कुरा राख्दा उहाँ भन्नुहुन्छ अब हाम्रो ध्यानाकर्षण भएको छ ।राज्यले यस्ता स्थानियको आरोप चिर्दै मधेसमा शान्ति, सुब्यवस्था र विधिको शासन प्रत्याभुती गराउन समेत दुबै जनामाथी प्रचलित कानुन बमोजिम कारवाही गर्न जरुरी रहेको स्थानियहरुले माग गरेका छन्।भने यस बिषयमा बिरेन्द्र साह संग फोन सम्पर्क गरी सोधपुछ गर्दा मैले नेपाली नागरिकता त्याग गरि सकेको साहले बताए । तर साहको दुवै दाजुभाइ, बुवा दुवै दाजुभाईको दुईटै देशको नागरिकता अहिले पनि रहेको श्रोतले बताएका छन्। यो त उद्धारण मात्र हो। यस्ता दर्जनौं भारतीय नागरिकहरु सदरमुकाम गौरमा आइ ठुलाबडा ब्यक्तिको भनसनको अधारमा करोडौंको सम्पत्ति सम्पत्ति आर्जन गरि अबैध कारोबार गरि रहेको तथ्य बाहिरिएको हो।



ताजा खबर