बिन्दबासिनी गाउँपालिकामा अधिकृत गिरी हाजिर

२०७८ पुष ११, आईतवार १५:१७


वीरगञ्ज । पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा अमित गिरी हाजिर भएका छन् । ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत कार्यरत रहेका गिरीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाको कामकाजका लागि पुन गाउँपालिकामा पठाएपछि उनी हाजिर भएका हुन् । बिन्दबासिनी गाउँपालिकाको कार्यालय बहुवर्वा भाठ्ठामा आईतबार हाजिर हुन गएका गिरीलाई गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुले टिका लगाएर भव्य रूपमा स्वागत गर्नु भएको थियो ।पालिकाका जनप्रतिनिधीहरु र कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत गिरीलाई गम्छा , फूलको माला र अबिरको टीका लगाएर भव्य स्वागत गरेका थिए । उक्त कार्यक्रममा बोल्दै अधिकृत गिरीले आफूले जन चाहना अनुसार जनप्रतिनिधिको समन्वयमा काम गर्ने बताए । उनले भने मैले जनप्रतिनिधिको समन्वय र सहकार्यमा जन चाहना अनुसार काम गर्ने छु , त्यसको लागि जनप्रतिनिधि र कर्मचारी बीचको समन्व्य जरुरी छ । ग्रामीण भेगका सबै समस्यालाई पहिचान गरी समानुपातिक विकासको अवधारणालाई अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे । पालिकामा यस भन्दा अगाडि निमित प्रमुख प्रशासकिय अधिकृत श्याम बाबु साहले कार्यालय प्रमुखको जिम्मेवारीमा काम गर्दै आएका थिए । आईतबार हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत गिरीले साेही दिनदेखी कार्यभार समेत सम्मालेका छन् । अधिकृत गिरीले जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिती, हुलाक कार्यालय, जिराभवानी, पोखरिया, जगरनाथपुर, सिंचाई कार्यालय लगायतका सरकारी कार्यालयहरुमा उहाँ आफप्नो दक्षता प्रदान गरिसक्नु भएको छ । उक्त कार्यक्रममा वडा अध्यक्षहरु लगायत शाखा अधिकृत मुना रौनियार , लेखा अधिकृत मिथलेश कुशवाहा , जसपा प्रदेश सदस्य गौरीशंकर साह लगायतको सहभागिता रहेको थियो ।



ताजा खबर