सप्तरीमा थप एक महिलाको बीभत्स हत्या , एक महिनामा दुई जनाको हत्या

२०७८ पुष १२, सोमबार ०६:३६


शुभ नारायण यादव
सप्तरी,पुस १२ गते ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही विरपुरमा आज फेरि एक जना महिलालाई घाँटी रेटी हत्या गरिएको छ। घरबाट खरानी लिएर खेतमा फाल्न गएको अवस्थामा स्थानीय जमाहर यादवकि अन्दाजि ५२ बर्षिय श्रिमति भुटनि देवि यादवको हत्या भएको हो । हिजो बेलुका घरबाट गहु खेतमा खरानी फाल्न गएको तथा राति अबेर सम्म घर नआएपछि घरपरिवारका सदस्यहरुले खोजि गर्न शुरु गरेका थए । तर आज बिहान उनको शव हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता घटनाको प्रकृति देख्दा भुटनिको बियर बोतलले ठाउको हानेर हत्या गरेको हुन सकिने अनुमान स्थानीयबासिहरुले गरेका छन । घटना स्थलमा तीन वटा बियरको बोतल मध्ये दुईवटा फुटेको छ भन्ने अर्काे फालिएको अवस्थामा फेला परेका छन । भुटनिलाइ हत्याराहरुले लछार पछार गरि उनले लगाएको नाकको फुल सहित अन्य गरगहना पनि लुटेको पिडितका परिवारजनले बताएका छन । मृतकको दुईवटा छोरा र एउटा छोरि रहेका टन भन्ने मृतक भुटनि दूध बेचेर गुजारा गरिरहेका थिए । यसेबिच सो घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएपसि एव प्रबक्ता माधव प्रसाद काफ्लेले घटना कसले र किन गरेको खुल्न नसकेपनि त्यसको थप आवश्यक अनुसन्धान कार्य भइरहेको जानकारी दिनुभयो । यसैगरी एक महिनाकै अन्तरालमा छिन्नमस्ता गाउँपालिकामा २ जना व्यक्तिको घाँटी रेटी हत्या भएको छ। यो भन्दा पहिला छिन्नमस्ता गाउँपालिकाकै वडा नम्बर ६ खुदीबखारीको एक जना वृद्धको घाँटी रेटी हत्या गरिएको थियो।
पछिल्लो घटनाको सुक्ष्म अनुसन्धान गरी हत्याराहरुलाई पक्राउ गर्न नसकेको कारण हत्याराहरुको मनोबल झन बढदै गएको देखिन्छ। हत्याराहरुले दिनदहाडै खुल्लेआम घाँटी रेटेर हत्या गरिरहेका छन।
यता नेपाल प्रहरीले छिट्टै अनुसन्धान गरी दुबै घटनाको दोषीहरुलाई हत्याराहरुलाई कार्यवाही गर्नुपर्ने तथा सप्तरीको सुरक्षा वयवस्था कडा गर्नुपर्ने स्थानीयबासिहरुले माग गरेका छन ।



ताजा खबर