सर्लाही,पौष १२ गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लालवन्दी उपशाखाले जीवन बीमा गराएका स्व.राजन प्रसाद गुप्ताको परिवारलाई रु २ लाख ६५ हजार मुत्यु दाबी भुक्तानी गरेको छ ।
लालवन्दी नगरपालिका वडा नं.११ निवासी बिमित स्व.राजन प्रसाद गुप्ताकोे परिवारलाई २ लाख ६५ हजार हस्तान्तरण गरेको लालवन्दी उप–शाखाका नि.प्रमुख राजेश अधिकारीले बताए ।उक्त मृत्यु दाबी रकम बीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रदेश नं.–२ का प्रमुख दशरथ झाले मृतकको आमा परमिला देवी साह कमलमापुरीलाई चेक प्रदान गरे हो । सो बिमा वापतको रकम परिवारले बुझेपछि मृतकको आमा परमिला देवी साह कमलमापुरीेले भने आफूहरुले बिमा वापतको रकम पाएको बताएकी छिन । आमा परमिला देवी साह कमलमापुरीले भने
छोराको मृत्यूले दुखित भएता पनि परिवारका लागी सो बिमा रकमले सहयोग पुगेको बताए ।
छोराको मृत्यु भएपछि आफूलाई पिर लागेको बताए । तर बेलैमा बिमा गरेका कारण सो रकमले आफुहरुलाई परिवारमा आर्थिक रुपमा केही सहयोग पुग्ने विश्वास व्यक्त गरे । बिमाको रकम बुझ्न गाह्रो हुन्छ भन्ने भ्रम मात्र रहेको र आफुले बिमा वापतको रकम तुरुन्त पाएको मृतकका आमा परमिला देवी साह कमलमापुरले बताए ।
नेपाल लाइफ इन्स्योरेन्स लालवन्दी उपशाखाद्धारा मृतक परिवारलाई मुत्यु दाबी भुक्तानी
२०७८ पुष १२, सोमबार ११:०९
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer