किसन साह
सर्लाही,पौष १२ गते । इलाका प्रहरी कार्यालय ईश्वरपुर केशरगन्जको गस्तीमा रहेको प्रहरी भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका–५ का रामकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) कृष्ण प्रसाइले बताए।
आइतबार राति ९ बजेतिर ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगन्जको गस्तीमा रहेको प्रहरी भ्यानले महतोलाई ठक्कर दिएको थियो। ठक्करपछि महतोलाई उपचारका लागि मंगलवा अस्पताल लगिएको र उनको त्यहाँ उपचारका क्रममा मृत्यु भएको एसपी प्रसाईले बताए। प्रहरीकै कारण महतो हत्या भएको भन्दै आज बिहानदेखि ईश्वरपुरको बयलबास बजार तनावग्रस्त बनेको छ।
घटनाको विरोधमा बयलबास बजारका व्यापारीहरुले सडक अवरुद्ध पारी टायर बालेका छन्। बयलबास बजार पूर्ण रुपले बन्द भएको छ। उद्योग वाणिज्य संघ ईश्वरपुरको आयोजनामा प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय केशरगन्ज अगाडि टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्। स्थानीय तथा व्यापारीहरूले इलाका प्रहरी कार्यालयअगाडि नाराबाजी गरिरहेका छन्।महतो बयलबास बजारमा फेन्सी व्यवसाय सञ्चालन गर्दै आएका थिए। पसल बन्द गरेर फर्किने क्रममा उनी दुर्घटना परेका हुन्।
सर्लाहीमा प्रहरी भ्यानले ठक्कर दिँदा एक जनाको मृत्युु
२०७८ पुष १२, सोमबार ११:१४
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer