शुभ नारायण यादव
सप्तरी,पौष १३ गते। हेल्प मधेशी परीवारद्वारा हेल्प मधेशी साउदी अरबका सदस्य स्व।शिवशंकर साफीका परीवारलाई आर्थिक सहयोग स्वरुप रु एक लाख सहयोग गरेको छ । सप्तरीको माहादेवा गाउँपालिका वाडा नं(२ माहादेवा गाउँका हेल्प मधेशी साउदीका सेवक स्व। शिवशंकर साफीलाई हेल्प मधेशी परीवारद्वारा श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै हेल्प मधेशी साउदी अरबद्वारा उहाँको परीवारजनलाई नगद १ लाख आर्थिक सहयोग गरेका हुन ।
उक्त कार्यक्रममा हेल्प मधेशी नेपालको केन्द्रिय अध्यक्ष राम उदगार यादव,हेल्प मधेशी कत्तार च्याप्टरका उपाध्यक्ष शिव कुमार महतो ,हेल्प मधेशी सप्तरीको अध्यक्ष रीना झा,कोषाध्यक्ष रामजि यादव , सदस्य समीर राइन ,हेल्प मधेशी कत्तारका सेवक रामजि यादव समाजसेवी ईन्जिनियर सैलेन्द्र यादव र बिनोद यादव लगायत गाउलेहरुको सहभागीता रहेको थियो।
हेल्प मधेशी परीवारद्वारा मृतक परिवारलाई आर्थिक सहयोग
२०७८ पुष १३, मंगलवार ०५:४४
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer