सिरहा प्रशासनले दुई दिनको लागि राजमार्ग क्षेत्रमा निशेधाज्ञा

२०७८ पुष १३, मंगलवार ०५:५६

सिरहा,पौष १३ गते । सिरहा प्रशासनले दुई दिनको लागि राजमार्ग क्षेत्रमा निशेधाज्ञा जारी गरेको छ । पूर्वपश्चिम राजमार्ग र सिरहा–चोहर्वा सडकखण्डको पाँच सय मिटर दायाँबाया लागु हुने गरी दुई दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशानले १३ र १४ गते विहान ७ बजे देखि वेलुका ५ बजे सम्मको लागि निशेधित क्षेत्रमा हिडडुल, पाँच जनाभन्दा बढी भेला हुन नपाउने, कुनै किसिमको भेला, सभा तथा जुलुस गर्न नपाउने आनेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जारी सूचनामा सवै क्षेत्रमा यातायात भने सूचारु रहने जनाको छ । अदेश उलङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कार्वाही गर्ने उल्लेख गरेको छ ।
पूर्वमा बलान खोला र पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पि.के.राज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) ५ सय मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।
जनमत पार्टीले आन्दोलन लम्ब्याएपछि प्रशासन निषेधाज्ञा जारी गर्न बाध्य भएको हो । पार्टीले पक्राउ परेका किसानहरुको विनासर्त रिहाईको माग गर्दै आन्दोलन गर्दै आएको छ ।



ताजा खबर