अमित ठाकुर
रौतहट,पौष १३ गते । आफ्नो दुबै कार्यकालमा आलोचित बनेका ईशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ता कार्यालयको दिनमा पनि कार्यालयमा अनुपस्थित रहँदा सेवाग्राहीहरु मार्कामा परेका छन् । पार्टिगत कामका लागी नगर प्रमुख समेत जिल्ला बाहिर रहेको बेला गुप्ता पनि नगर प्रमुखलाई कुनै जानकारी नदिई कार्यालयमा अनुपस्थित भएका छन् । निमित्त प्रमुख प्रशासकिय अधिकृत गुप्ता कार्यालय अनुपस्थित हुँदा दैनिक कामकाज समेत प्रभावित बनेको कर्मचारीहरुले बताएका छन् । कार्यालय संग सम्बन्धित रहेको महत्वपूर्ण कामहरु आज गर्नु पर्ने भएकोले नन्द किशोर गुप्ताको अनुपस्थितीका कारण आफुहरु फाँटमा मुखदर्शक बन्नु परेको सम्बन्धित फाँटका कर्मचारीहरुले बताएका छन् । यस सम्बन्धमा ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहता संग सोध्दा आफु पार्टि र कार्यालयको कामले जिल्ला बाहिर रहेको बेला कार्यालय प्रमुख कार्यालयमा बस्नु पर्ने दायित्व विपरित गुप्ता अनुपस्थित भएको र सो बाट सेवाग्राहीहरुलाई मार्का परेको जानकारी आएको बताएका छन् । कार्यालय प्रमुख बिदा बसेको वा अनुपस्थित रहने बारे गुप्ता द्धारा कुनै जानकारी नगराईएको नगर प्रमुख मेहताले बताएका छन् । नेपाल सरकारको कर्मचारी द्धारा नै यस किमिमको गैर जिम्मेवार हर्कत हुँदा ईशनाथबासीले गाँउ गाँउमा सिंहदरबारको अनुभुति गर्न सकिने भन्ने सर्वसाधारणको जिज्ञासा रहेको छ ।
इशनाथ नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत गुप्ता नआउँदा सेवाग्राही बिचलित
२०७८ पुष १३, मंगलवार १०:४९© 2024 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer