अमित ठाकुर
रौतहट,पौष १४ गते । गौर चपुर सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको जन्ती बोकेको रातो स्कार्पियो दुर्घटना भएको हो। गौर चपुर सडक खण्डको जयनगर सखुअवा नजिक स्कार्पियो गाडि अनियन्त्रित हुँदा ६ जनाको मृत्यु भएको हो ।गौर चपुर सडक खण्डमा सखुअवा नजिक तिब्र गतिमा रहेको सो गाडि अनियन्त्रित भएर सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो । रौतहटको परोहा नगरपालिकाको नरकटियाबाट रौतहटकै बिर्ता गम्हरिया गाउँमा सो स्कार्पियो जन्ती गएको बेला सो ठाउँबाट फर्किदै गरेको भारतीय बीआर०५पीए ६९५३ को नम्बरको स्कार्पियो सखुअवा नजिक अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।
प्रहरीका अनुसार गाडीमा सवार ९ जना मध्ये पाँच जनाको घटना स्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। भने अन्य स्कार्पियोमा सवार तिन जना घाइते भएका छन् । घाइतेहरु मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागी विरगंज पठाए को हो। दुर्घटनामा परी मृत्यु हुनेहरुमा गढिमाई नगरपालिका वडा नंबर ३ का १६ वर्षिय शेख नौसाद, २२ वर्षिय शेख सैनुल्लाह, ५५ वर्षिय डा. मोसाफिर अन्सारी, शेख अफताब,शेख अरसाद र शेख अबुलेस रहेका छन्। घाइते भएका शेख अमान्त र शेख असर्फको ग्रेन्डी अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।
जनती गएको भारतीय स्कार्पियो दुर्घटना ६को मृत्यु ३ जना घाइते
२०७८ पुष १४, बुधबार ०५:४०
संबन्धित खबर
© 2023 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer