सिरहा,पौष १८ गते । सिरहाको गोलबजार नगरपालिका वडा नं. ६ मा रहेको एक किराना पसलमा आगलागीहुँदा लाखौं मूल्यको सामाग्री जलेर नष्ट भएको छ । पुजा जेनरल स्टोर एण्ड सुर्तीजन्य किराना पसलमा आगलागिहुँदा पसलमा रहेका रिचार्जकाड , चाउचाउ, दालमोठ, मैदाको बोरा, तेलको टिना, गुटखा, चिनी, दालको बोरालगायत पसलका बिभिनन सामग्रीहरु जलेर नस्ट भएको पसलका सन्चालक सुनिता कुमारी साहले जान्कारी दिए ।
आगलागीबाट २० लाख भन्दा बढि मूल्यको सामग्री जलेर नस्ट भएको पसलेले दावि गरेको छ । प्रहरीले आगलागीको कारण अझै नखेलेको बताए । क्षतिको विवरण संकलन भर्ईरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
पसलको विवरित दिशामा रहेको भूमिजा अस्पतालमा उपचारका लागि आएको विरामीको कुरुवाले आगो देखेपछि प्रहरीलाई खवर गरेको बताइएको छ । प्रहरी र गोलबजार नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको जनाएको छ ।
गोलबजारमा किराना पसलमा आगलागी, लाखौंको सामान जले
२०७८ पुष १८, आईतवार ०७:३५
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer