सिरहा,पौष १८ गते । धनुषामा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा आन्दोलनकारीहरु राज्यमार्ग अवरुद्ध गरेपछि त्यसलाई खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।
डा। सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा चार आन्दोलनकारी र दुईजना प्रहरी घाइते भएका छन् । झडपमा घाइतेभएकाहरुको नाम अहिले खुलेको छैन् ।अप तय
अवस्थालाई नियन्त्रणमा लिनका लागि झडपको क्रममा करिब एक दर्जन अश्रुग्यासँ प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए । उनले प्रदर्शनकारीको तर्फबाट ढुंंगामुढा हुन थालेपछि जवाफमा प्रहरीको तर्फबाट अश्रुग्यासँ प्रहार भएको बताए । अहिले उक्त ठाउँमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ