सप्तरीमा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु, चारजना घाइते

२०७८ पुष १९, सोमबार ०५:१४

शुभ नारायण यादव
सप्तरी,पौष १९ गते ।
सप्तरीमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ । भने ।अन्य चारजना घाइते रहेको प्रहरीले जनाएको छ । सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. ४ तुलसी टोल स्थति कंचनपुर फतेपुर भित्रि सडक खण्डमा को २२ प १५५८ र को २२ प १५५८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चलाउने दुबैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो दुर्घटनामा परि सप्तरीको कंचनरुप नगरपालिका वडा नं. ७ का शुभास बस्नेत र उदयपुरको चौदण्डी गढी नगरपालिका वडा नं. ९ भिमा टोलका २८ वर्षीय शंकर चौधरीको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए । उक्त दुर्घटनामा बस्नेतको श्रीमती ३० वर्षीया ममता सापकोटा, उनको छोरा ८ वर्षीय सम्मर बस्नेत, एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएको छ । त्यस्तै चौधरीको मोटरसाइकलमा सवार सप्तरीके सप्तकोशी नगरपालिका वडा नं. ९ का ३५ वर्षीय रोहित चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता सो घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।



ताजा खबर