पर्सामा भन्सार छलेर ल्याउदै गरेको सामान सहित ट्रक र चालक पक्राउ

२०७८ पुष १९, सोमबार ०८:१४

पर्सा,पौषा १९ गते । बिल बिजक भन्दाबढी मालवस्तु र औषधी लोड गरिएको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।शनिबार दिउँसो पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका– ८ घन्टाघरबाट ना.६ ख ६६६७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार उक्त ट्रक पोखरा हिँडेको थियो। ट्रकसहित चालक चितवन राप्ती नगरपालिका(४ का सुरेशकुमार लामालाई नियन्त्रणमा लिइएको बस्नेतले बताए। ट्रकमा खुद्रा मालवस्तु र औषधी लोड गरिएको थियो। प्रहरीले उक्त सामान र ट्रकको ६५ लाख मूल्यांकन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ।



ताजा खबर