राजविराज नगरपालिकाका बाल बिकास शिक्षकहरुले १५ हजार पाउने भाे

२०७८ पुष १९, सोमबार १४:३७

शुभ नारायण यादव

सप्तरी ,१९ पुस । सप्तरीको राजविराज नगरपालिकामा कार्यरत बाल बिकास शिक्षक शिक्षिकाहरुले अबदेखि मासिक १५ हजार तलब पाउने भएको छ । सप्तरीको राजविराज नगरपालिकामा अाज अायाेजित बाल शिक्षक शिक्षिकाहरुकाे तलब बृद्धिकाे कार्यान्वयन कार्यक्रममा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले साे कुराकाे जानकारी दिनुभएको हाे । मेयर यादवले बिकासिय बजेट कटाेति गरेर बालविकास सहजकर्ताहरुकाे तलब बृद्धि गरेकाे बताउनुभयो । उहाले भविष्यका बालबालिकाहरुलाइ बालविकासके सहजकर्ताहरुले सरक्षण दिदै अाएकाले महगिसगे उचित तलब भत्ता बृद्धि हुन नसकेपनि निकट भविष्यमा अझै बढाउनुपर्ने माग समेत गरेका छन । सघिय सरकारबाट ८ हजार तथा स्थानीय सरकारले थप ७ हजार गरि कुल १५ हजार रकम मासिक तलब बाल बिकासका सहजकर्ताहरुलाइ प्रदान गर्ने बताउनुभयो । उहाले ७१ प्रतिशत बजेट सघिय सरकारले राख्ने गरेका छन भने प्रदेश तथा स्थानीय सरकारलाइ बाकि २९ प्रतिशत मात्रै बजेट दिने गरेकाे खुलासा समेत गर्नुभयो । उक्त कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थापाले झण्डै डेढ कराेड बजेट राजविराज नगरपालिकाले बाल बिकास शिक्षक शिक्षिकाहरुले बिनियाेजित गरेकाे तथा चालू अार्थिक बर्षकाे साउन महिना देखि ने उक्त तलब पाउने बताउनुभयो । बाल विकासका सहजकर्ताशरुलाइ तलब बृदि सभा अायाेजना गरिएको साे कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख बिजय मण्डल , नेपाल शिक्षक महासङ्घका केन्द्रीय सदस्य दिनेश कुमार यादव , राजविराज नगरप नगरपालिका वडा न.८ का वडाअध्यक्ष जय नारायण मण्डल सुमन ठाकुर , नेपाल प्याव्सनका केन्द्रीय उपाध्यक्ष शम्भु प्रसाद यादव , नेपाल शिक्षक महासङ्घ जिल्ला अध्यक्ष दिनेश प्रसाद यादव , सहायक लेखापाल बबन मिश्रा लगायतकाहरुले काम अनुसारको तलब बाल बिकासका शिक्षकहरुले पाउने भए पछि खुशि ब्यक्त गरेका छन । यश राजविराज नगरपालिकामा ८६ जना बाल शिक्षक शिक्षिकाहरु कार्यरत रहेकाे नगरपालिकाले जनाएको छ ।



ताजा खबर